अगस्टमा युएईबाट थप १५ उद्धार उडान हुँदै

पोखरा । अगस्ट १७ तारिख देखि युएईबाट नेपालका लागि थप १५ उद्धार उडान हुने भएको छ ।

नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई र इतिहाद एयरवेजका विमानहरुले भोलिदेखि उद्धार उडान गर्ने भएका हुन् । युएईको दुबई, आबुधाबी र शारजहाँ शहरबाट उडान हुने भएको युएईको आबुधाबीस्थित नेपाल राजदुतावासले जानकारी दिएको हो ।

दूतावासका अनुसार नेपाल एयरलाइन्सले अगस्टको १७,२१,२५, २७,२९ र ३१ गरि ६ उडान तथा हिमालय एयरलाइन्सले अगस्ट २५,२७,२९ र ३१ तारिख गरि ४ उडान गर्नेछन् । त्यस्तै एयर अरेबियाले अगस्ट २५ र ३१ तारिखमा २ उडान, फ्लाइ दुबईले अगस्ट १७ र २० गरि २ उडान तथा इतिहाद एयरवेजले २७ अगस्टमा एक उडान गर्नेछन् ।

दूतावासले नेपाल फर्कनका लागि यात्रुलाई अनिवार्य पिसिआर वा आरडिटी परीक्षण गरी फिट टु फ्लाई प्रमाणपत्र लिनु पर्ने बताएको छ । नेपाल फर्कनका लागि युएईमा रहेका ४२ हजार नेपाली नाम टिपाइ सकेको दूतावासको तथ्यांक छ ।

हाल सम्म युएईबाट मात्रै ८२ उद्धार उडानबाट १३ हजार ७ सय ८५ जना नेपाल फर्किसकेका छन् । त्यस्तै ती उडानबाट युएईमा मृत्यु भएका २६ नेपालीको शव पनि नेपाल ल्याइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button