पोखरा रंगशाला अनिश्चित कालका लागि बन्द

पोखरा । पोखरा रंगशाला विदेशवाट आउनेहरुको होल्डिङ सेन्टर वनेपछि पोखरा रंगशालामा हुँदै आएका खेल गतिविधी संगै सबै खेलका प्रशिक्षणहरु सोमवारबाट अनिश्चितकालका लागि वन्द गरिने भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती र जिल्ला खेलकुद विकास समिती कास्कीले संयुक्त रुपमा सूचना जारि गर्दै सोमवारबाट सम्पुर्ण खेल गतिविधी, प्रशिक्षणहरु र कार्यक्रमहरु अनिश्चितकालका वन्द गरिएको जनाएको हो ।

पोखरा रंगशाला भित्र रहेको वहुउद्धेश्यिय कभर्डहलमा विदेशवाट आएकाहरुको लागि होल्डिङ सेन्टर वनाएपछि रंगशाला परिशरमा कोरोनाको खतरा झनै बढेको बताउँदै क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले सबै खेलकुदका प्रशिक्षणहरु ठप्प गर्नु बाहेकको विकल्प नरहेको बताए । “अहिले कोरोना सक्रमण दर संगै मृत्युको दर पनि वढ्दै गएको छ, त्यसमाथी विदेशवाट आउनेको होल्डिङ सेन्टर रहेकोले खेलाडीलाई रंगशाला प्रवेश गराउन समस्या छ”, उनले भने ।

अहिले पनि पोखरा रंगशालामा ६ देखि ७ वटा वस, जिप र अन्य सवारी साधनमा दैनिक विदेशबाट आउनेहरुको भिड वढ्न थालेको छ । गण्डकी प्रदेश सरकारले रंगशालालाई हेल्डिङ सेन्टर बनाएपछि खेलाडी र प्रशिक्षकहरुले भने विरोध गर्दै आएका छन । पोखरा रंगशालामा दैनिक विहान मर्निङ वाकमा जाने वृद्ध–ृवृद्धाहरु तथा अन्यहरु समेत मारमा परेका छन । उनीहरुले यथासिघ्र पोखरा रंगशालाबाट होल्डिङ सेन्टर हटाउन माग गर्दै आएकोमा खतरा वढेको भन्दै क्षेत्रिय खेलकुद र जिल्ला खेलकुदले सोमवारवाट प्रवेशमानै निषेध गरेका छन । यस्तो महामारीको वेला कोही कसैले अटेर गरि रंगशाला प्रवेश गर्ने कुनै क्षती वा दुर्घटना भएमा त्यसको खेलकुद समिती जिम्मेवार नहुने जारि सूचनामा उल्लेख गरिएको छ ।

तर वन्दको समयमा पोखरा रंगशाला भित्र भइरहेका निर्माणका कामहरु भने सुचारु नै हुने कार्यालय प्रमुख योगीले बताएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button