नेपालमा एकैदिन थप ६ सय ४१ जनामा कोरोना पुष्टि

पोखरा । नेपालमा आइतबार थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ३० पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएका छन् । यससँगै १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४ रहेको छ।‍

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button