मकवानपुरमा जारी निषेधाज्ञा थपियो

हेटौँडा। मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

प्रशासनने हेटौँडा उपमहानगरपालिका भर र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जारी निषेधाज्ञाको अवधिलाई थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा हस्ताक्षरित सूचनामा जिल्लाको कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिसमा निषेधाज्ञाको अवधि थप गरिएको उल्लेख छ ।

जारी निषेधाज्ञालाई थप कडाइ गरिने जनाइएको छ । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ जसो बढ्न थालेपछि प्रशासनले अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध गर्ने गरी सूचना जारी गरेको हो । सूचनाअनुसार हेटौँडाका खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खोल्न पाइने छ । औषधि पसल विगत जसरी नै सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button