पोखरामा कोरोना बढेकाले सबैले सावधानी अपनाउनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको हिजो आइतबार निरीक्षण गरेका छन ।

निरीक्षणका क्रममा मुख्यमन्त्रीले अन्य प्रदेशका तुलनामा गण्डकीमा कोरोना संक्रमण कम भए पनि पछिल्ला दिन पोखरामा तीव्ररुपमा बढेको बताउँदै व्यक्तिगत स्वास्थ्यका साथै समुदायको स्वास्थ्य रक्षाका लागि प्रत्येकले आफ्नो-आफ्नो तर्फबाट सावधानी र सजगता अपनाउनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं ३१ मोहोरियास्थित अस्पताल पुगेका मुख्यमन्त्री गुरुङलाई गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले अस्पतालबाट भइरहेका सेवा प्रवाहवारे जानकारी गराएका थिए ।

सक्रमण बढिरहेको विद्यमान अवस्थामा सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले थप निर्णय गर्ने उनले जानकारी दिए । हाल १२ संक्रमितले उपचार गराइरहेको उक्त अस्पतालबाट पोखरा– १९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङसहित नौ संक्रमित उपचारपछि आज घर फर्केको अस्पताल प्रशासनले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button