फोनमा कुरा गर्दैगर्दा छतबाट खसेर एक युवकको मृत्यु

रुपन्देही। फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

ऋाज बिहान २ः३० बजे आफ्नो तीनतले घरको छतमा फोनमा कुरा गर्दैगर्दा अचानक खसेर गम्भीर भाइते भएका जैसवालको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी प्रवक्ता बैदवारले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button