एसईईको परीक्षाफल प्रकाशित

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार एसईईको परीक्षाफल प्रकाशित गरेको छ ।

आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको जनाइएको छ । यस पटक एसईईको नतिजा पहिलोपटक विद्यालयकै आन्तरिक मुल्यांकनबाट गरिएको हो ।

यसपटक एसईई परीक्षामा चार लाख ८२ हजार विद्यार्थीले भाग लिन फारम भरेको थिए । तर नतिजा भने ४ लाख ७२ हजार ७८ जनाको मात्र आएको छ ।

चैत ६ गते हुने भनेको परीक्षा कोरोना महामारीका कारण स्थगित भए पछि आन्तरिक मुल्यांकनबाट नतिजा प्रकाशन गरिएको हो । परीक्षाफलको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाईट लगायत विभिन्न माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button