काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाडौँ। कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १ सय ३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन्।

उहाँका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७ सय ५, भक्तपुरमा १ सय ४७ र ललितपुरमा २ सय ८२ जना रहेका छन् । यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । यसरी मृत्यु हुनेमा नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन् ।

यस्तै २ सय ४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौँ जिल्लामा १ सय ६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् । आज मात्र उपत्यकामा १ सय ६८ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा १ सय ३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।

उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८ सय ८३ जना रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ५ सय ३४, भक्तपुरमा १ सय १२ र ललितपुरमा २ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा २७ हजार २ सय ४१ सङ्क्रमित, १७ हजार ४ सय ९५ निको भएका, १ सय ७ जना सङ्क्रमणले गर्दा मृत्यु भएका र नौ हजार ६ सय ३९ सक्रिय सङ्क्रमित रहेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button