खाडीमा जागिर गुमाउने नेपालीको संख्या बढ्दै: उद्धार उडान स्थगित

तिलु शर्मा l कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका आफना नागरिकलाई स्वदेश फिर्ता गर्न विश्वबाट नेपालमा सहजीकरण उडानहरू भई रहेका छन् l उक्त उडानहरू नेपाल तथा हिमालयन एयरलाइन्सले गरिरहेको भए पनि कतारबाट आज राति हुने तय भएको हिमालयन एयरलाइन्सको उडान अनिश्चित कालका लागि स्थगित गरिएको छ l

कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको पत्रबमोजिम अर्को सूचना जारी नभए सम्मका लागि उडान स्थगित गरिएको नेपाली राजदुतवास दोहा कतारका दित्तीय सचिव प्रवीण भट्टराई ले जानकारी दिएका छन् l

उडान स्थगन सँगै टिकट लिएका यात्रुहरू अन्योलमा परेका छन् l त्यस्तै भोलि युएई देखि तय भएको नेपाल एयरलाइन्स को उडान पनि विविध कारण ले स्थगित भएको जनाइएको छ l कतारबाट भोलि राति नेपाल एयरलाइन्सले उडान भर्ने सम्भावना रहेको छ l

मध्यपूर्वका खाडी राष्ट्रमा कोरोनाका कारण जागिर गुमाउने नेपालीहरूको सङ्ख्या दिन प्रतिदिन बढी रहेको छ l दोहाबाट नेपाल तथा हिमालयन ले ३० पटक तथा कतार एयरवेजले पाँच पटक उद्धार उडान गरी सकेका छन् l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button