गायिका सविना सुनामको ‘एकै जुनी’ सार्वजनिक (भिडियो)

पोखरा न्यूज । गायिका सविना सुनामको नयाँ आधुनिक गीत ‘एकै जुनी’ हालै सार्वजनिक भएको छ । विश्वराज रसाइलीले रचना गरेको गीतमा सङ्गीत मनोज विक भावुकले भरेका छन् भने एरेन्ज राजेश विष्टले गरेका हुन् ।

वासना कला केन्द्रको प्रस्तुतिमा निर्माण गरिएको भिडियो ले दर्शकको माया पाउँदै गएको छ । मनोज विक भावुकको निर्देशन र सम्पादनमा तयार भएको भिडियो मा सुरेश पौडेल र सङ्गीता सुनारको रोमान्स हेर्न पाइन्छ । साथमा गीतकार रसाइली र गायिका सुनामको अभिनय समेत भिडियो मा देख्न सकिन्छ ।

गीतबाट दर्शकको माया पाउनेमा गायिका सुनाम आशावादी छन् । गीतमा पति वा पत्नीको प्रेमलाई झल्काइएको छ । अरू कसैको प्रेमले पनि पति वा पत्नीको प्रेमलाई परिपूर्ण गर्न नसक्ने सुनामको भनाई छ ।

उनी भन्छिन्– ‘संसारमा प्रेम बिनाको जीवन कल्पना नै गर्न सकिँदैन । प्रेमी र प्रेमिका, सन्तान र जन्मदाता, साथी साथी बिच अरू धेरै सम्बन्धहरू । यी सबैको विकल्प हुन सक्छ तर जन्म र मृत्यु जस्तै निर्विकल्प पति पत्नीको सम्बन्ध हुन्छ । जतिसुकै खुसी होस् वा पीडा अरू कसैको प्रेमले पति वा पत्नीको प्रेमलाई परिपूर्ण गर्न सक्दैन ।

जन्मँदा नै लेखेर आएको सम्बन्ध हुन्छ यो देखेर त हुँदैन । यस्तै प्रेमिल जोडीको प्रेम कहानी …..एकै जुनी ।’ गीत सुनेर अनि हेरेर प्रतिक्रिया दिन उनले सङ्गीत पारखीसँग आग्रह गरेकी छन् । नेपाली सङ्गीत पारखीमाझ निरन्तर साङ्गीतिक कोसेली पस्कने उनको वाचा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button