नयाँ गीत पस्कँदै ‘आरके स्क्वायर’ ब्यान्ड

पोखरा न्यूज । रक प्यार्टनका पप गीत गाउने विशेषता भएको ‘आरके स्क्वायर’ ब्यान्डको सक्रियता जारी रहेको छ । तेस्रो एल्बमको तयारीमा रहेको यो ब्यान्डले कोरोना कहरका कारण आफ्नो योजना अनुसार भव्य तरिकाले एल्बम रिलिज गर्न नपाए पनि आरके स्क्वायर अफिसियल युट्युब च्यानल मार्फत नयाँ गीत दर्शक श्रोतामाझ पस्किरहेको छ ।

नयाँ एल्बममा कुल ८ गीत समावेश हुनेछ । तिमी नै संसार र फ्लाई हाई गीत रिलिज भइसक्यो । अब एल्बममा समावेश गरिने पूर्वकी प्यारी, सावन, लैजा रे, चञ्चल चञ्चल, फनन, चाहना मेरो बोलको गीतलाई पनि बिस्तारै पस्कने यो ब्यान्डको योजना छ । ‘एल्बम नै निकाल्न यो समयमा सम्भव नभए पनि एकपछि अर्को गर्दै गीत युट्युब मार्फत पस्कने खोजेका छौ, दुई गीत रिलिज गरिसक्यौ, बाँकी ६ गीत पनि अब पालैपालो पस्कन्छौ’ ब्यान्डका राज क्षेत्रीले भने ।

यो ब्यान्डमा दुई जना मात्र ब्यान्ड मेम्बर रहेका छन् । भोकल र कम्पोजमा राज क्षेत्री र गीतारिस्ट मा केबल गुरुङ । दुई जनाकै जन्म ठाउँ पोखरा भए पनि ब्यान्डको स्थापना २०१५ को अन्त्यमा बेलायतमा भएको हो । केबल गुरुङको घर राम बजार मिलन टोल अनि राजको तल्लो राम बजार हो । उनीहरूको भेट भने बेलायत मानै भएको हो । अहिले दुई जना नेपालमा छन् ।
सुरुमा उनीहरूले कभर गीत सुनाउने गर्थे । बिस्तारै कभर नगर्ने भन्ने सोच पलायो । अनि गीत तयार गर्न थाले । सन् २०१६ मा लन्डनमा पहिलो गीत ‘लौन हो’ ब्रेन्डेड स्टुडियोमा रेकर्ड भएको थियो । २०१६ को अन्त्यमा लण्ड मानै रेकर्ड गरेर पहिलो एल्बम ‘लौन हो’ रिलिज गरियो । यसमा ओरिजिनल ६ गीत रहेका थिए । एल्बम निकालेपछि बिस्तारै यो ब्यान्ड चर्चामा आयो ।

त्यति बेला युकेमा जाने धेरै नेपाली कलाकारसँग काम उनीहरूले गरे । ‘राष्ट्रिय स्तरको आर्टिष्टले तपाइहरूको राम्रो छ । नेपाल जानुहोस् । यहाँ युकेले मात्र पुग्दैन । तपाइका गीत राम्रा छन् । भनेर भन्ने गर्नु हुन्थ्यो’ ब्यान्डका भोकलिष्ट क्षेत्रीले भने ।
२०१७ मा नेपाल टुर गर्नका लागि बेलायतबाट आए । नेपाल टुर भयो । यो पहिलो एल्बमको लन्च टुरको रूपमा थियो । यो राम्रो भयो । सोचे अनुसारकै सक्सेस भयो । त्यति बेला उनीहरू नेपाल अधिकांश सहरमा पुगेका थिए ।

दोस्रो एल्बम रिलिज गरौँ भन्ने हुटहुटी उनीहरूमा बढ्यो । अनि सन् २०१९ मा दोस्रो एल्बम ‘सुनचरी’ निकाले । अनि फेरी टुरलाई फोकस गरे । तर अहिले कोरोनाका कारण तय भएका र हुने क्रममा रहेका सबै कार्यक्रम स्थगित भयो । यो समयको सदुपयोग गर्दै गीत तयार पार्दै रिलिज उनीहरूले गरिरहेका छन् । ‘कोरोनाका कारण तय भएका सबै टुरका कार्यक्रम स्थगित भए’ केबलले भने ।

दर्शकको अपेक्षालाई प्राथमिकता दिने सोच बनाएर यो ब्यान्ड अगाडि बढ्दै छ । आफ्नो जनरा चेन्ज नगरी त्यसलाई नै पोलिस गर्दै सङ्गीत पारखीको मन जित्ने ध्याउन्नमा यो ब्यान्ड लाग्नेछ । अहिले उनीहरूले नयाँ टेक्नोलोजी प्रयोग गर्ने गरेका छन् । जसलाई व्याकिङ ट्र्याक भनिन्छ । व्याकिङ ट्र्याक बजाएर मेट्रोनम साउन्डमा पर्फम उनीहरू गर्छन् ।

‘हामी दुई जना मात्र मेम्बर छौ । तर साउन्ड चाहिँ पुरै ब्यान्डको आउँछ । यो वेष्टन टेक्नोलोजी हो । हाम्रो गितारिष्ट चाहिँ म्युजिक नै पढ्नु भएकोले यसलाई एडप्ट गर्न अलिकति सजिलो भयो । अलिकति नयाँ तरिकाले गइरहेका छौ’ राजले थपे ।
ब्यान्डका गीतहरू राजले लेख्ने र अगाडिको कम्पोजिसन गर्ने गाउने गर्छन् । म्युजिक भर्ने लगायतका काम केबलले पुरा गर्छन् । अनि दुई जना बसेर त्यो गीतलाई पोलिस गर्छन् । दर्शकबाट पाएको फिडब्याकका कारण उनीहरू उत्साहित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button