पोखराका ११ कलाकारको आवाजमा ‘कहिले सम्म’ गीत सार्वजनिक (भिडियो सहित)

पोखरा न्यूज । पोखराका ११ जना गायक गायिकाको आवाजमा तयार भएको गीत ‘कहिले सम्म’ सार्वजनिक भएको छ । गीतमा आवाज भर्ने गायक गायिका प्राप्ति तुलाचन, बबि सुनार, एलिना गुरुङ, श्यामसुङ तामाङ भाइ गुरुङ, विनोद बानिया, शान्ता बज्राचार्य, आनन्द राज बज्राचार्य, अमित गुरुङ, इन्द्र गुरुङ र सुनिल थापा हुन् ।

राजेन्द्र अधिकारीले रचना गरेको गीतमा सङ्गीतका धुन सुनिल थापाले भरेका छन् । अमित गुरुङको सङ्गीत संयोजनमा गीत तयार भएको हो । पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालको पहलमा गीत तयार गरिएको हो । सङ्घमा आबद्ध केही कलाकारलाई लिएर तयार पारिएको गीत रेकर्डिङको सम्पूर्ण खर्च संस्थाले बेहोरेको जनाइएको छ । गीतको धेरै जसो रेकर्डिङको काम पल्स डिजिटल स्टुडियो गैह्रापाटन र सिजन बज्राचार्यसँग गरिएको हो । मिक्सिङ् र मास्टरिङ दीपक लामाले गरेका हुन् ।

विश्व भरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण निराश बनेको जनमानसमा साहस र ढाडस थप्दै निराश नभई आशावादी हुनुपर्छ भन्ने सन्देश दिनको लागि गीत तयार पारिएको पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालका अध्यक्ष संस्थाका अध्यक्ष सुनिल थापाले बताए ।

गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियो को निर्देशन, क्यामेरा र सम्पादनको जिम्मेवारी एसटु प्रडक्सनका सुरज श्रेष्ठले पुरा गरे । श्रेष्ठले भिडियो लाई सुन्दर बनाउँदै गीतको मर्मअनुसारको सन्देश दिलाउन निकै मेहनत गरेका छन् । क्यामेरामा उनलाई विवेक ठकुरीले साथ दिए । भिडियो लाई निर्देशक श्रेष्ठकै एसटु प्रोडक्सन युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो ।

भिडियो को शुरुमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङलाई देख्न सकिन्छ । मुख्यमन्त्री गुरुङले ‘सजग रहौँ स्वस्थ रहौँ हामी हरेक प्रहर, एक दिन अवश्य हट्ने छ कोरोनाको कहर’ भनेका छन् । भिडियो मा पोखरा आसपासका रमणीय दृश्यसँगै गीतमा आवाज भर्ने कलाकारलाई देख्न पाइन्छ । सबै कलाकारले कोरोनाका कारण निराश बनेका जनमानसमा ऊर्जा थप्न गीत र भिडियो मा निकै मेहनत गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button