प्रेममा धोका पाएकाको कथा बोकेको ‘जाने बेला’ मा शिल्पाको गज्जब अभिनय

पोखरा न्यूज । अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेममा धोका पाएकाको कथालाई उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका मेलिना राईले आवाज दिएका छन् । राम अविरल विष्टका शब्द, राजन तिमिल्सिनाको  सङ्गीत सिर्जना रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

फराज अर्पणको छायाङ्कन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरूमा वेदनालाई नजिकबाट केलाएको छ ।

भिडियो मा बैशालु उमेरमा प्रेममा परेका तर परिस्थितिले प्रेमी प्रेमीका एक हुन नसकेको असफल प्रेम कहानीलाई देखाउन खोजिएको छ । गीतमा अभिनेत्री पोखरेलले दुःखान्त परिवेशको अभिनय गरेकी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button