मनाङका शिक्षक र स्वास्थ्यकर्मीसहित गण्डकीमा थपिए ५ कोरोना संक्रमित

पोखरा न्यूज। गण्डकी प्रदेशमा मंगलबार दिउसो थप ५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ३ जिल्लाका  ४ पुरुष र १ महिला गरी थप ५ जनामा  मंगलबार  दिउसो सक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा मनाङ निस्याङ – १ का ५१ वर्षीय पुरुष र चामे – ४ का ४९ वर्षीय पुरुष, पर्वत फलेवास – ३ का ३५ वर्षीय पुरुष र ७ का २२ वर्षीय पुरुष तथा बागलुङ – ३ की ५४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

मनाङमा संक्रमण पुष्टि हुने मध्ये निस्याङका शिक्षक र चामेका स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ३९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button