हुन्न हुन्न हुँदै हुन्न गीतमा बुद्ध र मलिकाको रोमान्स (भिडियो)

पोखरा न्यूज । चर्चित रियालिटी शो नेपाल आइडल सिजन १ विजेता बुद्ध लामा र नायिका मलिका महतको अभिनय रहेको हुन्न हुन्न हुँदै हुन्न गीतको भिडियो सार्वजनिक भएको छ ।

सुबोल थापाले कोरियोग्राफी गरेको भिडियो लाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन्। नवीन निरौलाले कलरिङ र सम्पादन गरेको भिडियो लाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो। गायक बुद्ध लामा र नायिका मलिका महतको रोमान्सले भिडियो लाई आकर्षक बनाएको छ ।यो गीतमा रियालिटी शो नेपाल आइडल सिजन १ विजेता बुद्ध लामा र नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाइको युगल स्वर सुन्न सकिन्छ ।

रमाइलो शैलीको यस गीतका शब्द रमेश दाहालले लेखेका हुन् । टिका दाहाल ले सङ्गीत बद्ध गरेको गीतलाई राहुल प्रधानले सङ्गीत संयोजन गरेका छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियो लाई नवराज उप्रेतीले छायाङ्कन गरेका हुन्। नवीन निरौलाले कलरिङ र सम्पादन गरेको भिडियो लाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।

भिडियो रिलिज सँगै निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ। गीतको कुनै पार्टमा डोयट टिकटक बनाएर सहभागी भएमा उत्कृष्ट २ जनाले प्रस्तुतिको आधारमा १०र१० हजार पुरस्कार स्वरूप प्राप्त गर्ने छन्। अहिलेसम्म दर्शक श्रोताको साथ सपोर्टका कारण आफू यो स्थानमा आएको भन्दै गायक तथा मोडल लामाले यो गीतबाट पनि दर्शक श्रोताको साथ पाउने अपेक्षा गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button