गण्डकी प्रदेशका ५ जिल्लामा २५ संक्रमित थपिए

पोखरा न्यूज। गण्डकी प्रदेशमा बिहीबार बिहान थप २५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान गण्डकी प्रदेशका  ५ वटा जिल्लाका थप २५ जनामा कोरोना सक्रमण पुष्टि भएको जनाएको हो ।

निर्देशनालयका अनुसार दिउसो बागलुङको बागलुङ नगरपालिकाका  ५ वटा वडाका १ वर्षीया बालिकासहित ३ महिला तथा ५ पुरुष ,  -पर्वत जलजला – ४ का ३६ वर्षीय पुरुष  लमजुङ बेंसीसहरका ३  पुरुष तथा १ महिला  , तनहुँ का ८ पुरुष र १ महिला  र  नवलपुरका  ५ जनामा  कोरोना देखिएको हो । कोरोना पुष्टि भए सँगै उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७७ पुगेको छ । प्रदेशमा संक्रमण बाट निको भइ घर फर्किनेको संख्या १ हजार ६ सय ६५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button