तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक

पोखरा । तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक परेको छ ।

निवर्तमान अध्यक्ष ज्ञामका वुवा समाजसेवी क्षेसराज गुरुङको ८६ वर्षको उमेरमा पोखराको चरक हस्पिटलमा उपचारको क्रममा शनिबार राती १२ः३५ बजे निधन भएको हो ।

लामो समयदेखि पक्षघात लगायतको स्वास्थ्य समस्या समेत रहेको स्वर्गीय गुरुङको निधन पछि पिसीआर परीक्षण समेत गरिएको र पिसीआर नतिजा नेगेटिभ आए सँगै आज नै पोखरामा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

समाजसेवी स्वर्गीय गुरुङ पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं.८–तत्कालिन ठानामौला गाविस वडा नं.७–खाल्टे हर्राबोट गाउँ भई हाल पोखरा महानगरपालिका नयाँबजार प्रदर्शनी मार्ग निवासी हुनुहुन्थ्यो । उहाँ चारभञ्ज्याङ तमु समाज पोखराका विशेष सहयोगदाता रहनु भएको जनाइएको छ ।

स्वर्गीय गुरुङको २ छोरा र ४ छोरी रहेका छन । स्वर्गिय गुरुङका छोरा मध्ये जेठा छोरा युके फोक्टन निवासी तमु धिं युकेका निवर्तमान अध्यक्ष समेत हनुहुन्छ । उहाँकी बुहारी प्रेमकुमारी गुरुङ तमु धिं युके आमा समितिकी निवर्तमान अध्यक्ष र कान्छा छोरा अल्डरसट निवासी लालकाजी गुरुङ हुनुहुन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button