पोखरामा करिब २ लाख मूल्यका चोरीका सामानसहित युवायुवती पक्राउ

पोखरा । कास्की प्रहरीले चोरीको आरोपमा दुई युवायुवतीलाई पक्राउ गरेको छ ।

पोखरा–१३ गौडाको मुख स्थित जयगंगामार्ग निवासी ठाकुरप्रसाद पोख्रेलको घरमा चोरी गर्ने दुई व्यक्ति पक्राउ परेको कास्की प्रहरीले जनाएको हो ।

घरधनी पोखरेल अष्ट्रेलिया रहेको बेलामा घरको चावी फोरी घरभित्र रहेका सामाग्रीहरु चोरी गर्ने  पोखरा–१२ निवासी २३ वर्षीय सन्तोष लामिछाने र  २० वर्षीया रोशनी थापामगर (लामिछानेलाई ) शुक्रबार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार प्रहरीले उनीहरुको साथबाट ४२ इन्चको  टिभी, क्यामेरा,कुकर, भाडावर्तन, लत्ताकपडा गरी  १  लाख ९५ हजार ५ सय ५० रुपैयाँ बराबरको चोरीको  सामान बरामद गरेको छ ।

पक्राउ परेकाहरु उपर चोरी तथा डाँका कसुरमा म्याद थप गरी अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button