पर्वतमा अर्काको घरमा बास बसेका युवक मृत फेला

पोखरा न्यूज ।  पर्वतमा सुतिरहेको अवस्थामा एक युवक  मृत फेला परेको प्रहरीले जनाएको छ  ।

पर्वत मोदी गाउँपालिका-५ पातिचौरका ३३ वर्षीय खेमराज अधिकारी शनिबार बिहान मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

शुक्रबार ४ बजे खसी खोज्न  भन्दै बाजुङ सिमलीखेत  गएका अधिकारी रात परेको कारण स्थानीय कर्ण बहादुर कुंवरको घरमा बास बसेकोमा शनिबार बिहान घरको कोठा मै  सुतीरहेको अवस्थामा  मृत फेला परेको प्रहरीले उल्लेख गरेको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button