त्यो रातको यादमा पागल छु अझै…

त्यो रातको यादमा पागल छु अझै
लाग्छ तिम्रो साथमा घायल छु अझै

बन्द आँखामा दृश्य छाउँछन् उही
छौ कि तिमी ममा अलमल छु अझै

नपठाऊ अब सम्झनामा ज्वालाहरू
नसकेर समेटिन तरल छु अझै

पर्खाइमा होला त्यो मन्द प्रकाश पनि
मिलनलाई व्याकुल पलपल छु अझै

छोएर जाऊ तिमी चिसो बतास भई
बर्सनलाई ठिक्क म बादल छु अझै

सृजना ढकाल
बिरौटा, पोखरा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button