रुपाकोटलाई चिनाउने योजनाकार ‘पुष्पराज’

पोखरा न्यूज  । सबै मानिसको स्वभाव एउटै हुँदैन । व्यक्ति अनुसार स्वभाव परिवर्तन हुन्छ ।

कोही व्यक्ति सर्घष गरेर सफल हुन खोज्छ । केही फेरी खासै मेहनत नगर्ने तर सफल हुन भने खोज्ने स्वभाव राख्छन् । सर्घष गरेर सफल भए मात्र सफलतामा दिगोपना देखिन्छ । कास्की जिल्लाको रुपा गाउँपालिकामा रहेको रुपाकोट रिर्सोटका सञ्चालक पुष्पराज अधिकारी भने च्यालेन्जिङ काम गरेर सफल बन्न खोज्ने व्यक्ति हुन् ।

उनले नेपालको सोल्टी होटलको काम छोडेर आफै व्यवसाय सुरु गर्न खोजे । विभिन्न ६० देश घुमे । तर सम्भावना नेपालमानै देखे । शहर केन्द्रित व्यवसाय सञ्चाल भइरहेको परिपेक्षयमा उनले गाउँलाई रोजे । किनभने उनी च्यालेञ्ज चाहन्थे । प्रकृतिले सिंगारिएका गाउँको कुनै दिन समय आउने उनको बुझाइ थियो । गाउँको भविष्य छ, ठाउँले तल पार्दैन भन्नेमा विश्वस्त भएका उनी सोही कारण लगानी गर्न तयार भए । पोखराको लेकसाइड आसपासमा होटल रिर्सोट खुलिरहेको र अपेक्षाकृत सफल नभएको समयमा चुनौतीका बीच रुपाकोट पुग्नु चानेचुने कुरा भने पक्कै थिएन ।हुनत सानैदेखि प्रकृतिसँग रम्न चाहने स्वभाव अधिकारीमा थियो । बाल्यकालको केही समय गाउँमा बिताएका उनलाई गाउँले परिवेश मनपर्छ । पानी, झर्ना देख्दा र फूलका मुना हल्लदा प्रभावित हुने उनी प्रकृतिसँग रम्न मनपराउँछन् । त्यसैल ेत प्रकृति मार्फत आयआर्जन गर्न नेपालमा सकिने निचोडमा पुग्दै उनले व्यवसाय रुपाकोटमा गर्ने निधो गरे ।

स्नातक पढ्दै गर्दा राजधानीको सोल्टी होटलमा काम फुड वेभरेज सम्बन्धि काम गरेका उनी सन्तुष्ट सो काममा सन्तुष्ट बनेनन् । आफैले केही गर्न चाहे । सोल्टी छोडेर उनले ट्राभल्स व्यवसाय गरे । नाम होली हिमाल टुर्स एण्ड ट्राभल्स थियो । ट्राभल्स व्यवसाय सुरु गरेपछि आवद्ध भएपछि युरोप लगायतका मुलुक घुम्ने अवसर प्राप्त गरे । तर ट्राभल्स व्यवसायले अपेक्षाकृत गती लिएन ।

अधिकारी सन् १९९५ मा बेल्जियम हानिए । तहाँ उनले होटलमा काम गरे । सोल्टी होटलमा काम गरेको भएर तहाँ काम गर्न सहज भने भयो । त्यसैले त आफ्नो लागि सोल्टी होटल युनिभर्सिटी भएको भन्न पछि पर्दैनन् । २० वर्ष बेल्जियम बसे । बेल्जियम रहँदा होटल एण्ड टुरिजम मेनेजमेन्टमा डिप्लोमा अध्ययन पुरा गरे । बेल्जियम पुगेको २ वर्षमा स्थायी भीसा पाएकाले आफै विजनेश सुरु गर्न उनलाई सहज भयो । बेल्जियमको पहिलो नेपाली रेष्टुरेन्टको रुपमा सन् २००० मा रेष्टुरेन्ट व्यवसाय उनले सुरु गरे । बेल्जियममा नेपालीलाई मन पराइन्थ्यो ।

बेल्जियममा व्यवसाय सुरु गरेपछि उनले नेपालमानै आएर केही गर्ने योजना बनाए । सन् २००० बाट २००८ सम्म बेल्जियममा व्यवसाय गर्दा प्राप्त आम्दानीले नेपालमा जग्गा किने । उनले बेल्जियममा ६ जनालाई रोजगार दिएका थिए । थोरै मान्छेले धेरै काम गर्ने चलन तहाँ थियो । ग्राहकसँग कसरी डिल गर्ने भन्नेबारे उनले सिके । हाइजेनिक खाना बेच्ने आदि अनुभव सिक्दै आफूलाई थप मजबुत बताए । त्यति मात्र नभएर सुरक्षाको आवास र क्वालिटिको सामान भए सफलता मिल्ने अनुभव सोही समयमा सिके । पहिला ‘बेश क्याम्प’ नामबाट व्यवसाय सुरु गरेका उनले सन् २००५ बाट ‘हिमालय’ नाममा व्यवसाय गरे । अहिले सो व्यवसाय भाइ कृष्णमणि अधिकारीले सञ्चाललन गर्दै आएका छन् ।सन् २००८ देखि २०१२ डिजाइन सम्बन्धि अध्ययन र पुर्वाधार तयार पार्ने काम उनले गरे । २०१२ को अन्त्यमा रुपाकोट रिर्सोट निर्माण सुरु गरे । उनले व्यवसाय सुरु गर्दा देशको अवस्था त्यति राम्रो थिएन । विभिन्न राजनीतिक उथलपुथल थियो । लगत्तै उनलाई भुईचालो र नाकाबन्दीका कारण समस्या प¥यो ।

अहिले कोभिड–१९ का कारण झनै जटिल स्थिति आएको छ । अहिलेको अवस्थासँग जुध्न सहजता प्रदान गर्न राष्ट्रबैकले रि–फाइनान्सिङ गर्नुपर्नेमा अधिकारीको जोड छ । उनी भन्छन्–‘अहिले राष्ट्रबैकले रि–फाइनान्सिङ गर्नुपर्ने हो । किनभने पहिल्यैदेखिनै राष्ट्रबैकको रि–फाइनान्सिङ बजेट ज्यादै न्युन छ । सरकारले तोकेका अत्यावश्यकीय क्षेत्रका विजनेसहरुलाई जोड दिनुपर्छ । व्याजदर उच्च भयो । यसरी व्यवसाय टिक्न सक्दैन । बरु सरकारले विश्वबैकं वा कतैबाट ‘बरो’ गरेर प्राइरोटी क्षेत्रलाई ‘सब्सिड्राइज’ गरिदिनुपर्छ ।

हामी बन्नु भनेको सरकारको लागि फाइदाको कुरा हो, त्यतातिर हेरेका छैनन् । जो–जसले मागेर ल्याए त्यो मानिस हिरो छन् अहिले । उद्यमीहरुलाई त्यति कदर गरिदैन, बाहिरबाट जे सुकै गरेर मागेर ल्याउनेलाई स्थान दिने चलन छ । अहिले राष्ट्रबैकले बजेट बढाएर ‘सब्सिड्राइज’ गर्नुको विकल्प छैन । भईन्जेल पो व्यवसायीले सम्पत्ति बेचेर काम चलाउला । नत्र त हातै ठड्याउने पो हो ।’

इन्डिया र चाइना क्लियर भयो भने स्थिति सहज हुने अधिकारीको बुझाई छ । ‘इन्डिया र चाइनाले हामीलाई डोमेस्टिक तरिकालेनै लिन्छन् । युरोपियनहरु ट्राभल गर्न सक्ने स्थितिमा हुँदैनन् । २ वर्ष तिनीहरुलाई यो ‘फोबिया’ चल्छ । मलाई लाग्छ हाम्रो आन्तरिक पर्यटक तथा इन्डिया र चाइनाको पर्यटकले धान्न सक्छ ।’ उनले थपे ।

रुपाकोट रिर्सोट २०० रोपनी क्षेत्रफलमा फैलिएको छ । ४२ वटै सुपर डिलक्स रुम तहाँ छन् । सबै रुमबाट हिमाल र ताल देखिने विशेषताले आन्तरिक तथा बाह्रय पर्यटकको रोजाइमा यो पर्ने गरेको छ । रिर्साेटमा उनको एकल लगानी हो । अन्तराष्ट्रिय स्तरको सुविधा दिई भिआइपी गेष्टको मन जित्ने प्रयास उनले गरिरहेका छन् । पछिल्ला दिनमा रुपाकोट रिर्सोट आन्तरिक तथा बाह्रय पर्यटकको आर्कषणको केन्द्र बन्दै गएको थियो । केही समय अगाडि नेपाल भ्रमणमा आएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल रुपा र वेगनासको सुन्दरता नियाल्न रुपाकोट रिर्सोट पुगेका थिए । आगामी दिनमा अझ धेरै देशका विशिष्ट पाहुनालाई रिर्सोटमा स्वागत गर्ने सञ्चालक अधिकारीको रहर छ । रिर्सोटबाट देखिने मनमोहक दृश्यले धेरैको ध्यान खिच्ने गरेको छ ।

नेपालमा नन प्रोफेसनले होटल चलाउने र लो क्वालिटी दिदै रेट घटाउने गर्दा गलत म्यासेज गएको उनको गुनासो छ । ‘सस्तो बनाएको कारण समस्या परेको छ, क्वालिटी पनि दिने रेट पनि लिनुपर्छ’ उनले भने । ३ सय डलरमा दिल्लीमा तिर्नेले ३० डलरमा नेपालमा बस्छन् ।

अधिकारी भन्छन् – ‘यसले देशलाई घाटा हुन्छ । सस्तो हुदैमा विदेशीको रोजाइमा परिदैन । रेट पनि लिनुपर्छ, सेवा गुणस्तरिय दिनुपर्छ ।’नेपालमा प्रशस्त सम्भावना भएको उनी बताउँछन् । यहाँको ‘भ्यालु’ बढ्दै छ । कृषि र पर्यटनमा अथाह सम्भावना भएको बताउने उनले युवालाई मोटिभेसनल तालिम दिने गरेका छन् ।

रुपाकोर्ट रिर्सोट पोखरादेखि २२ किमि पूर्वमा छ । ५६ वर्षका उनी अझैपनि उत्तिकै जोसका साथ काममा खटिन्छन् । प्रमोसनको अभावमा पछि परेको रोयल ट्रेकलाई प्रमोसन गर्ने, चरा आरक्षण, रुपा गाउँपालिकाको समृद्धि लगायतका काम गरी रुपाकोटलाई चिनाउने योजना उनको छ । रिर्सोटमा नेपालीपन झल्कने आर्कषक घर छन् । कोरोना कहर अगाडि रुपाकोट रिर्सोटमा एक सय जना जति कर्मचारी कार्यरत थिए ।

रुपाकोट गाउँपालिका वडा नं. ६ मा खडानन्द अधिकारी र गंगामाया अधिकारीको सन्तानको रुपमा पुष्पराजको जन्म भएको हो । उनले ७ कक्षा सम्म रुपाकोटकै चन्द्र प्रभा स्कुलमा पढे । २०३७ सालमा बसाइँ सराइ गरेर उनीहरु चितवनमा पुगे । चितवनको पञ्चकन्या उच्च माविमा कक्षा ८, ९ र १० मा अध्ययन गरे । एसएलसी उतीर्ण भएपछि काठमाण्डौ हानिए । पिपुल्स क्याम्पसमा प्रमाणपत्र पढेका उनले त्रिचन्द्र कलेजमा स्नातक र कीर्तिपुरबाट स्नाकोत्तर पुरा गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button