कृषिमा फड्को मार्दै तनहुँको देवघाट गाउँपालिका

दमौली । तनहुँको देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा पूर्वाधार, पर्यटन र कृषिमा अपेक्षित उपलब्धि भएको जनाएको छ । उक्त आर्थिक वर्षका लागि विनियोजित बजेटबाट गाउँपालिकामा पूर्वाधार, पर्यटन र कृषिमा उल्लेख्यमात्रामा काम सम्पन्न भएको गाउँपालिकाले जनाएको हो ।

गण्डकी प्रदेश सरकारको गौरवशाली मोटरमार्गका रुपमा बञ्चरे पहाड सदियाँैदेखि ट्रयाक जोड्न नसकिएको अवस्थामा उक्त आर्थिक वर्षमा तीन तहको सरकारको सहकार्यमा ट्रयाक खुलाउन सफल भइएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।

शालिग्राम करिडोरअन्तर्गत बञ्चरेभिरको पहाड काट्न देवघाट गाउँपालिकाले रु ७० लाख, प्रदेश सरकारले रु दुई करोड र सङ्घीय सरकारले रु ७० लाख लगानी गरेका थिए । “चालू आर्थिक वर्षमा ट्रयाक खन्न शुरु गरेको ६० वर्षपछि शालिग्राम करिडोरको देवघाट खण्ड पूर्ण भएको छ,” उहाँले भन्नुभयो, “देवघाट गाउँपालिका–१ मा करिडोरको सबैभन्दा जटिल भाग रहेको बञ्चरेभिरमा ट्रयाक खुलेसँगै गाउँपालिकाका पर्ने ४० किमी खण्ड सडक सञ्जालसँग जोडिएको छ ।” उहाँका अनुसार तीन तहको सरकारको लगानीमा देवघाट खण्डमा ट्रयाक खुलेसँगै गाउँपालिकाको पाँचवटै वडा सडक सञ्जालसँग जोडिएको छ ।

गण्डकी प्रदेशको शिरदेखि अन्तिमसम्म जोड्ने उक्त करिडोरलाई प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा समावेश गरेको थियो । चितवनको दासढुङ्गाबाट तनहँुको देवघाट हुँदै कालीगण्डकी नदीको तिरतिरै मुक्तिनाथसम्म जोड्ने उक्त करिडोरको स्याङ्जा र पाल्पाको सिमाना केलादी घाटसम्म ट्रयाक पूरा भइसकेको छ ।

यसैगरी सोही आर्थिक वर्षमै सबै वडामा रहेका सडक मर्मत, प्रदेश सरकारको सशर्त एक करोड बजेटबाट गाईघाट सिन्च्याङ छिपछिपे सानुभञ्ज्याङ सडकअन्तर्गत गाईघाटदेखि सिन्च्याङसम्मको सडक स्तरोन्नतिको कार्य शुरु भएको छ । थापाका अनुसार आमडाँडा, डगरा–ङाल्दिघाट, कोटवैदीदेखि खानीभित्ता ट्रयाक जोडिएको छ भने सिन्च्याङ–दुईघरे–सार्वाङ–पार्लाङमा सात किमी नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।

गाईघाट बगन्दी मोटरमार्गको पाँच किमी नयाँ ट्रयाक खोलिएको छ भने गाईघाट–सिन्च्याङ–छिपछिपे–सानुभञ्ज्याङ मोटरमार्गको गाईघाट खण्डबाट स्तरोन्नति कार्य भइरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।प्रदेश सरकारको सहयोगमा घण्टाचुली जाने सिंढी मार्ग निर्माण, कोटा स्वास्थ्यचौकी भवन निर्माण, बगन्दी र खाल्टेमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण कार्य चालू आर्थिक वर्षमै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

पर्यटनतर्फ सबै वडा समेटी सात वटा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवद्र्धनका लागि पर्यटन गुरुयोजना सम्पन्न भएको र देवघाट गाउँपालिका–१ छरछरे झरना घण्टाचुली, देवघाट गाउँपालिका–२ खाल्टे पार्क र कोटवैदी कृषि अनुसन्धान केन्द्र, देवघाट गाउँपालिका–४ मा सांस्कृतिक सङ्ग्रहालय अध्ययन सम्पन्न भएको छ ।
गाउँपालिकाले पर्यटन क्षेत्रका विकासका लागि पर्यटन गुरुयोजना तर्जुमा गरेको र सोही गुरुयोजनालाई आधार बनाएर पर्यटन क्षेत्रमा काम गरिरहेको थापाले बताउनुभयो । थापाका अनुसार छरछरे झरना, घण्टाचुली, खाल्टे पार्क निर्माणाधीन अवस्थामा रहेको, घण्टाचुली पर्यटन प्रवद्र्धनका लागि देवघाट शिखरडाँडा र ङाल्दीघाट छिपछिपे घण्टाचुली पदयात्रा सम्पन्न गरिएको छ ।

कृषि कार्यक्रमतर्फ कृषि हाटबजार निर्माण र सञ्चालन, विषादीरहित अर्गानिकखेतीमा जोड, साना सिँचाइ आयोजना, सुन्तला, आँप, लिची बगैँचा सुदृढीकरण, भकारो सुधार, पाँचवटै वडामा मौरीघार वितरण, कोटवैदीमा कृषि अनुसन्धान केन्द्र निर्माण, चार स्थानमा तरकारी पकेट क्षेत्र घोषणा, माटो जाँच शिविर, अमेरिकन फौजी किरा महामारी रोकथामका लागि तत्काल किसानलाई निःशुल्क विषादी उपलब्ध गराई महामारीको उच्च जोखिमलाई कम गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै देवघाट गाउँपालिका–२, ३ र ४ मा मौरीपालन, अमिलो जातको फलफूलको पकेट क्षेत्र घोषणा गरिएको छ भने देवघाट गाउँपालिका–४ सिन्च्याङ र आमडाँडामा अम्रिसो खेती पकेट क्षेत्र घोषणा गरिएको छ । पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत प्रत्येक वडामा एक÷एक गरी पाँच जना कृषकलाई पुरस्कार वितरण, गाईभैँसी गरी ९०० कृत्रिम गर्भाधान, भकारो सुधार कार्यक्रमअन्तर्गत ५३ जनालाई रकम वितरण, स्थानीय जातको कुखुरा प्रवद्र्धनका लागि दुई हजार ५०० चल्ला वितरण, बाख्रापालन पकेट क्षेत्रमा बोयर जातको उन्नत बोका १२ वटा निःशुल्क वितरण, बाख्रापालन पकेट क्षेत्रमा किम्बु, बकाइनो, इपिलिपी र मेन्डुला घाँस वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button