तनहुँमा जिप चालकमा कोरोना पुष्टि, पर्वतमा १ संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा मंगलबार  दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले गण्डकीले मंगलबार दिउसो तेस्रो विज्ञप्ति मार्फत प्रदेशको पर्वत र तनहुँमा एक एक जना संक्रमित थपिएको  जनाएको हो  ।

तनहुँमा संक्रमण पुष्टि हुनेमा आबुखैरेनी ३ का २९ वर्षीय जिप चालक रहेको र पर्वतमा  संक्रमित हुनेमा  कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका जलजला ७ का ३७ वर्षीय पुरुष रहेको  निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय १० पुगेको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button