सेप्टेम्बरमा कतारबाट २५ फ्लाइट हुने, नेपाल मै रोकिएका पनि कतार जान पाउने !

तिलु शर्मा पौडेल, दोहा कतार । कतारबाट आज बिहान हिमालयन एयरलाइन्सले ३३ औ सहजीकरण उडान गरेको छ । उक्त उडानमा ७ जना महिला सहित १४२ यात्रुहरू सवार छन् । उक्त उडानमा कोरोनाका कारण जागिर गुमाएका, वर्षौ  काम गरेर पनि कम्पनीले टिकट र बोनस समेत नदिएका पीडित कामदारहरू रहेका छन् भने केही भिजिट भिसामा आएर यतै रोकिएका  छन् ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा केही सहजता प्रदान गरेसङै दोहाबाट नेपालतर्फ सेप्टेम्बर महिनामा २५ वटा उडान हुने भएका छन् । नेपाल तथा हिमालय एयरलाइन्सले १५ वटा चार्टर तथा कतारको राष्ट्रिय ध्वजा बाहक कतार एयरवेजले १० वटा उडान गर्ने तालिका तय भएको नेपाली राजदूतावास कतारका दित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् ।

कतार एयरवेजको उडान तय भए सँगै छुट्टीमा नेपाल गएर लकडाउनमा फसेकाहरू कतार फर्कन पाउने सम्भावना बढेर गएको छ । प्राप्त जानकारी अनुसार आगामी हप्ताबाट कतारमा नेपालीहरूले प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ । काठमान्डु लगायत देशका विभिन्न भागमा जारी लकडाउनमा सहजता आउने बित्तिकै नेपाली कामदारहरू कतार प्रवेश गर्ने विश्वास लिइएको छ ।

कतारबाट कुल ५ हजार ९०४ जनासहित ४६ वटा शव नेपाल पुगिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button