पोखराका एक सहित गण्डकीमा थप ४३ जनामा कोरोना पुष्टि, आजै ८३ संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा शुक्रबार दिउसो  थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको पोखरा महानगरका १ जना सहित प्रदेशका स्याङजा, गोरखा, मनाङ र नवलपुर जिल्लामा गरी ४३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीको  पोखरा ५ का ३२ वर्षीय  पुरुष, स्याङजा भिरकोटका २०  वर्षीय पुरुष ,गोरखाका ३ वर्षीया बालिका देखि ५० वर्ष उमेर समुहका ९ महिला तथा २४ देखि ६० वर्ष उमेर समुहका ७ पुरुष , मनाङ चामेका २४ वर्षीया पुरुष र नवलपुरका ४ वटा पालिकाका  २४ जनामध्ये   २०  देखि ६७  वर्ष उमेर समुहका ८ जना महिलामा र बाँकी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । यस अघि आज बिहान  गण्डकीमा एकैपटक ४० संक्रमित थपिएका   थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button