एनओसीले सवै ओलम्पियनहरुको कोरोना विमा गर्ने

पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सवै ओलम्पियनहरुको कोरोना विमा गर्ने भएको छ ।

एनओसीको शनिवार सम्पन्न भर्चुअल वैठकले सन १९६० देखि यताका सवै ओलम्पियनहरुको कोरोना विमा गर्ने निर्णय गरेको हो । एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले वैठकको निर्णयका वारेमा जानकारी दिंदै ओलम्पिक स्कलरशिप होल्डर खेलाडी तथा प्रशिक्षकहरुको समेत कोरोना विमा गर्ने बताउनुभएको छ । हालै कोरोना सङक्रमित हुनु भएका ओलम्पियन तथा पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जित बहादुर केसीको सिघ्र स्वास्थ्य लाभको कामना समेत वैठकले गरेको छ ।

कोभिड १९ का कारण अन्य व्यवसायमा जस्तै खेलाडी समेत पलायन हुने हुन की भन्ने वारे वैठकमा व्यापक छलफल भएको बताउँदै महासचिव श्रेष्ठले भन्नुभयो–“एनओसीको वैठकले यसवारे गम्भिर हुँदै चिन्ता समेत प्रकट गरेको छ,” उहाँले भन्नुभयो–“खेलाडी पलायन हुन नदिन र उनीहरुको हौसलालाई कायम गर्न यस वारे युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद संग गम्भिर छलफल गर्ने निर्णयमा पुगेका छौं ।”

वैठकले सन २०२० टोकियो ओलम्पिकका लागि तयारीमा जुटेका सवै खेलाडी र प्रशिक्षकहरुलाई प्रोत्सहान गर्न ठोस कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । यसै गरि वैठकले देशभरी रहेका कोभिड १९ वाट सङक्रमित सवै खेलाडी तथा प्रशिक्षकहरुको समेत सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यो महामारीको समयमा खेलाडी, प्रशिक्षक तथा खेलकुद संग सम्वन्धित सवैलाई विश्व स्वास्थ्य संगठन र सरकारले लागु गरेका सवै स्वास्थ्यका प्रोटोकलहरु अवलम्वन गर्न तथा शुरक्षित रहन आह्वान समेत गरेको छ ।

एनओसीले कोरोनाका कारण सिर्जित समस्याले धेरै खेलाडी तथा प्रशिक्षकहरु समस्यामा रहेको भन्दै यो विषय राष्ट्रिय विषय रहेकोले उनीहरुलाई तत्काल सहयोग गर्न राष्ट्रिय निती नै बनाएर अघि वढ्न र सहयोगका पहल गर्न सरकारलाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।
एनओसीका महासचिब श्रेष्ठ सहित कर्मचारीहरुको कोरोना पोजेटिभ पाइएको भन्दै उनीहरु सवैको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । वैठकले एनओसीका कार्यसमितीका सवै पदाधिकारी तथा सदस्य एवम कर्मचारीहरुको समेत कोरोना विमा गर्ने भएको छ भने एनओसी कार्यालय सञ्चालन गर्दा प्रोटोकलहरु बनाएर मात्रै सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठको अध्यक्षतामा भएको वैठकमा कार्यसमितीका सम्पुर्ण पदाधिकारी लगायत कार्यसमितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button