कतारबाट आइतबार बिहान १५६ नेपाली कामदार नेपाल फर्के

तिलु शर्मा पौडेल /दोहा कतार । कतारबाट शनिबार र आइतबार बिहान दुई वटा जहाजले नेपालका लागि उडान भरेका छन् ।

कतारको हमाद विमानस्थलबाट हिमालयन एयरलाइन्ससँगै कतार एयरवेजले पनि उडान भरेको हो । रोजगारीको प्रमुख गन्तव्य कतारमा कानून उल्लघंनको कसुरमा जेल जीवन बिताई रहेका तथा फिर्ती केन्द्रमा रहेकाहरू मध्य १०६ जनालाई डिपोर्ट गरिएको नेपाली नियोगका दित्तीय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् ।

फरक फरक कम्पनीका १४० जना कामदार सहित २४६ जनालाई लिएर कतार एयरलाइन्सले ब्यवसायिक उडान गरेको हो । उक्त उडानमा विभिन्न समयमा मृत्यु भएका २ जना नेपालीको लाश पनि नेपाल पठाइएको जानकारी नियोगका दित्तीय सचिव भुवन प्रसाद भट्टले जानकारी गराए । त्यस्तै आइबार बिहान हिमालयन एयरलाईन्सले विभिन्न कम्पनीका कामदारहरू सहित नेपालको एक ट्राभल एजेन्सीले गरेको चार्टर उडान मार्फत १५६ जना कामदार लिएर कतारबाट उडान भरेको छ ।

कतारबाट हालसम्म नेपाल तथा हिमालयनले ३४ औँ पटक तथा कतार एयरवेजले पाँचौ पटक उद्धार उडान गरी सकेका छन् भने कतारले आइतबार ब्यबसायिक उडान भरेको हो । आइतबारसहित हालसम्मका ३४ उडानबाट कूल ६ हजार ३ सय ६ जना सहित ४८ वटा शव नेपाल पुगिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button