नेपालमा रहेका कामदार कतार फर्किए

तिलु शर्मा पौडेल। दोहा कतार । कोरोना भाइरसका कारण नेपालमै रोकिएका केही कामदारहरू कतार प्रवेश गरेका छन् । गएको मार्च ९ तारीकमा नेपालबाट कतार प्रवेश गर्न कतार एयरवेजले रोक लगाए सँगै बन्द रहेका उडानहरू कतारबाट नेपाल तर्फ चार्टर उडानको रूपमा सञ्चालित रहे पनि नेपालबाट कामदार कतार प्रवेश गरेको यो पहिलो पटक हो ।

झन्डै ६ महिनामा पहिलो पटक नुवाकोटका उत्तम भण्डारी सहित ७ जना कामदारहरू कतार आएका हुन । कम्पनीले कतार ईन्ट्री पर्मिट निकाली दिए पछि चिने जानेको म्यानपावरको साथी मार्फत टिकट र पीसीआर परीक्षणको रिपोर्ट लिएर उनीहरू कतारमा अवतरण गरेका हुन । भण्डारीका अनुसार नेपालको लकडाउनको अन्त भएसँगै नेपालीहरूले कतारमा सहजै प्रवेश पाउने विश्वास व्यक्त गरेका छन् ।
कस्तो छ कतार एयरपोर्टमा व्यवस्था ?

हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण पश्चात् सातै जनाको मोबाइलमा ऐतराज एप डाउनलोड गरी स्वास्थ्य चेकजाच गरी एप्लिकेशनमा पहेँलो (होम क्वारेनटाइन) चिन्हमा परिणत गरिएको छ भने उनीहरूलाई होटेलको क्वारेन्टाईनमा राखिएको छ। कतारको सरकारी अस्पतालबाट खटिएका डाक्टरहरूले कोरोनाको पीसीआर परीक्षण गरी नेगेटिभ रिजल्ट आए एतराजमा हरियो सूचक चिन्ह आयपछि नियमित कार्यमा फर्कन अनुमति दिइने छ भने पोजेटिभ भेटिएमा थप क्वारेन्टाईनमा राखिने सरकारको प्रावधान रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button