एम्बुलेन्स चालक, बैंक र सरसफाइ कर्मचारीसहित १४ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । लमजुङमा एम्बुलेन्स चालक, बैंक र सरसफाइ कर्मचारीसहित थप १४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार साँझ लमजुङका सुन्दरबजार, बेसीसहर, राइनास र मर्स्याङ्दीका २१ देखि ५८ वर्ष उमेर समूहका १२ पुरुष  तथा २४ र २६  वर्षीया महिलामा कोरोना देखिएको जनाएको हो ।

लमजुङमा संक्रमण पुष्टि हुने मध्ये सुन्दरबजारका २ जना सरसफाई कर्मचारी, भारतबाट आएका ३८ वर्षका दुई पुरुष, मुक्तिनाथ विकाश बैंकमा कार्यरत बेसीसहर२ का ४१ बर्षीय कर्मचारी र  मर्स्याङ्दी २ का ५८ बर्षीय  एम्बुलेन्स चालक रहेको निर्देशनालयले उल्लेख गरेको  छ ।

निर्देशनालयले अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको बताएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ३१ पुगेको छ । गण्डकी प्रदेशमा १ हजार ७ सय ८५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button