पीसीआर रिपोर्टमा समस्या, यात्रुहरूले रिपोर्टै बुझेनन्

तिलु शर्मा पौडेल/दोहा कतार । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम विदेशबाट यात्रा गर्दा पछिल्लो ७२ घण्टा भित्रको कोरोनाको पीसीआर टेस्ट गरी नेगेटिभ भएको प्रमाणित भएमा मात्र यात्रा गर्न पाइने प्रावधान छ तर कतारमा कतिपय यात्रसहरूले कोरोना टेस्टको रिपोर्ट नबुझ्दा विमानस्थलमा समस्या भएर फर्किनु परेको छ ।

कोरोना चेक गरे पश्चात् प्राप्त पेपरमा कोभिड-१९ पीसीआर नेगेटिभ प्रस्टसँग लेखिएकोले मात्र यात्रा गर्न पाउदछन तर सोमबार बिहान कतारको हमाद विमानस्थलमा पुगेका लगभग आधा दर्जन यात्रुहरूको रिपोर्टमा कोभिड–१९ पीसीआर अनिर्णायक लेखेको पाइयो ।

यहाँको अस्पतालको व्याख्या अनुसार उक्त नतिजा भएकाहरूले २४ घण्टा पछि पुन डाक्टरलाई भेट्नु पर्ने र यात्रा गर्न नमिल्ने भनिएको हो तर यात्रुहरूले यति सामान्य कुरामा ध्यान नदिदॉ समस्या उत्पन्न भएको हो । आफ्नो कोरोनाको नतिजा पेपरमा कोभिड–१९ पीसीआर नेगेटिभ छ या छैन राम्रो सँग चेकजॉच गरेर मात्र यात्रा गर्न नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराईले यात्रुहरुलाई आग्रह गरेका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड–१९ का कारणबाट प्रवासमा असहज परिस्थितिमा रहेका नागरिकलाई स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” बमोजिम दोहाबाट हिमालयन एयरलाईन्सले ३४ औँ सहजीकरण उडान गरेको छ ।

उक्त उडान मार्फत १४१ जना नेपाल फर्किएको जानकारी नेपाली दूतावासका तर्फबाट प्रोटोकल डियुटीमा खटिएका दित्तीय सचिव भट्टराईले दिएका छन् । लकडाउन यता कतारबाट हालसम्म कुल ६ हजार ४७४ जनासहित ४८ वटा शव नेपाल पुगिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button