कास्कीमा पहिरोले घर भत्किदा २० वर्षीया युवतीको मृत्यु

पोखरा न्यूज  । अविरल वर्षाका कारण पहिरोले घर भत्किदा कास्कीमा एक युवतीको मृत्यु भएको छ ।

रुपा गाउँपालिका बराह्चोक ६ का  काजीबहादुर विकको घर पछाडिबाट घसेको पहिरोले घर भत्किदा उहाँकी २० वर्षीया  छोरी सिर्जना विकको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता  डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

अविरल वर्षापछि घर माथिबाट पहिरो खस्दा पुरिएकी युवतीको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा मृत अवस्थामा फेला परेको डिएसपी  हमालले बताउनुभयो ।

विहान करिव ४ः३०  बजे पहिरो खस्दा  घर भत्किएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button