बफिन्स ९८ ले गर्दैछ गीत मार्फत सिमानाको खोजी

पोखरा । बफिन्स ९८ व्याण्डको नयाँ गीत ‘मेरो लिम्पियाधुरा, मेरो कालापानी, मेरो लिपुलेक’ सार्वजनिक भएको छ ।

गीतमा सन्जीव गुरुङको संगीत र आवाजमा सुन्न पाइन्छ । स्ट्रगल रानाले रचना गरेको गीत मार्फत सिमानाको खोजी गर्दै देशप्रेमको भावना व्यक्त गरिएको छ । यो गीतले सबै नेपालीको बुलन्द आवाजको प्रतिनिधित्व गर्ने बफिन्स ९८ व्याण्डका मुख्य भोकलिष्ट सन्जीव गुरुङ बताउनुहुन्छ । ‘यो एउटा गीत मात्र नभएर, विस्तारवादी राष्ट्र विरुद्ध हामी सम्पूर्ण नेपालीको बुलन्द आवाज पनि हो’ उहाँले भन्नुभयो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिको पहिचान गरी नेपालको स्वामित्वमा गाभ्ने प्रयास कार्यको सुरुवात हुनु राम्रो कार्यको सुरुवात भएको उहाँको भनाई छ ।सन्जीव भन्नुहुन्छ – ‘हाम्रो सिमानाको खोजी बर्सेनी हुँदै आयो, तर विडम्बना, मिचिदै पनि गयो, अहिलेसको समयमा लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिको पहिचान गरी नेपालको स्वामित्वमा गाभ्ने प्रयास कार्यको सुरुवात भएको छ । यसै सन्र्दभमा राष्ट्रलाई सर्मपित गर्दै यो गीत तयार पारिएको हो ।’

यस गीतको भिडियोको सम्पादन तथा निर्देशन जीवन भाइले गरेका छन् । गीतको भिडियोमा सन्जीवलाई गीतार बजाउदै गीत गाएको अवस्थामा देखिन्छ । गीत सुरु हुनुभन्दा अगाडि उहाँले गीतको बारेमा केही प्रष्ट्याउनु भएको छ । त्यसोत बफिन्स ९८ पोखराबाट सांगीतिक यात्रा आरम्भ गरेको यो समुह राष्ट्रभावले ओतप्रोत गीतका कारण नेपालीको मनमुटुमा बसेको व्याण्ड हो । सन् १९९८ मा पोखराको रत्नचोकका युवा मिलेर व्व्याण्ड स्थापना भएको थियो ।

स्थापनाकालमा व्याण्ड मेम्बरको रुपमा सन्जीव गुरुङ, प्रताव गुरुङ, विवेक थापा, जीवन भट्टराई, चन्द«मान थापा, रोशन महर्जन, कृष्ण गुरुङ थिए । उनीहरु जनप्रिय क्याम्पसमा पढ्थे । व्याण्डको पहिलो एलबम थियो सन् २००० मा आएको ‘नौलो कृर्ति’ । त्यसपछि आयो सन् २००३ मा दोस्रो एल्बम ‘पहिचान’ । दुवै एल्बमबाट संगीत पारखीको माया पाएको थियो । सन् २०१४ मा तेस्रो एल्बम परावृत्त विदेशबाटै रिलिज गरेको थियो ।

मुख्य भोकलिष्ट सन्जीव अहिले हङकङमा हुनुहुन्छ । बफिन्स ९८ का व्याण्ड मेम्बरहरु सन्जीव गुरुङ हङकङमा, विवेक थापा बेल्जियम, चन्द्रमान थापा पोर्चुगल र जीवन भट्टराई नेपालमा हुनुहुन्छ । लोकलयका गीतलाई रक शैलीमा ढालेर गीत गाउने यो समुहको विशेषता हो । केही समय अगाडि यो समुहले ‘हे निष्ठुरी’ बोलको यो गीतलाई सार्वजनिक गरेको थियो । यो व्याण्डका म मरेपनि मलाई यो देशको माया छ, नेपाल, वितिसक्यो यो रात, धन्य छौ तिमी शहिद, लगायतका गीत धेरैले रुचाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button