पोखरामा मंगलबार ३१ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार दिनभरमा कास्कीको पोखरा महानगरका – ३१ जनासहित तनहुँ, बागलुङ, गोरखा र नवलपुर जिल्लाका २८ जना गरी ५९ जनामा कोरोना भाइरस देखिएको जनाएको छ  ।

निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा गण्डकी मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय पुरुष, पार्कल्याण्ड अस्पतालका २७ वर्षीया महिला चिकित्सक, पोखरा १२ का २२ र २६ वर्षका पुरुष , १४ का ३७ वर्षीय पुरुष, १५ का २० वर्षीय पुरुष, २७ का ४२ वर्षीय पुरुष तथा पोखरा फुड्स प्रा.लि. मा कार्यरत १७, २७, २८ र ४० वर्षका पुरुष एवंम् १७ देखि ४९ वर्ष उमेर समुहका २० जना महिला रहेका छन् ।

त्यसैगरी तनहुँ आबुंखैरेनीका ५६ वर्षीय पुरुष तथा ४२ र ४८ वर्षीया महिला तथा बागलुङ तमानखोला १, २, ५ र ८ वडाका १९ , ३८ र ४० वर्षका पुरुष तथा १८ देखि ३० वर्ष उमेर समुहका ६ महिला, नवलपुर कावासोतीका २३ वर्षीय महिला, गोरखाको गोरखा नगरपालिका ७ का ३ पुरुष तथा २ महिला, बारपाकका ३ पुरुष , भीमसेन थापा र सिरानचोक पालिकाका १/ १ पुरुष, गैंडाकोटका २५ , ३२ र ५७ वर्षीय महिला तथा २२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ६० पुगेको छ ।  मंगलबार कोरोनाबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button