कतारबाट बुधबार १४५  नेपाल   फर्किए

तिलु शर्मा पौडेल /दोहा कतार । हिमालयन एयरलाईन्सले कतारको राजधानी दोहाबाट ३५औँ सहजीकरण उडान गरेको छ । उक्त उडान मार्फत १४५ जना नेपाल फर्किएको जानकारी नेपाली दूतावासका तर्फबाट प्रोटोकल डियुटीमा खटिएका दित्तीय सचिव भुवन प्रसाद भट्टले दिएका छन् ।

पीसीआर  रिपोर्ट  पढदैनन यात्रु

गएको सोमबार समाचार सङ्कलनका लागी हमाद विमानस्थलमा पुग्दा कोरोना चेक गरे पश्चात् प्राप्त रिपोर्टमा Covid-19 PCR Inconclusiveae अर्थात् अनिर्णायक लेखेको नबुझेर आधा दर्जन यात्रु फर्किएको समाचार प्रकाशित गरेका थियौ । उक्त समाचारबाट यात्रुहरू सचेत भएको समेत पाइयो तर बुधवार विमानस्थलमा कोरोना suspected अर्थात् “कोरोनाको लक्षण देखिएको“ भनी लेखेको रिपोर्ट सहित पुगेको पाइयो । नेपाल यात्रा गर्दा कोभिड–१९ पीसीआर नेगेटिभ प्रस्टसँग लेखिएकोले मात्र यात्रा गर्न पाउँछन् भन्ने चेतनाको कमी मात्र होइन चेकजाच गरेको ७२ घण्टा काटेपछि यात्रा गर्न पाइँदैन भन्ने समेत नबुझ्दा एयरपोर्टबाट १४ जना यात्रु फर्किएका छन् ।

हिमालयन एयरलाईन्सले होल्डिङ टिकट बेच्यो
कतारको विमानस्थलमा हिमालयन एयरलाइन्सको होल्डिङ टिकट लिएर पालो पर्खिएर बसेका सोलुखुम्बुका टेकबहादुर कार्की भेटिए । पटक पटक बोर्डिङ काउन्टरले “टिकट कन्फर्म छैन, कोही फर्किए भने चान्समा जाउला“ भने पछि उनी क्रोधित देखिए । यता कपिलवस्तुका विक्रम कार्की बाबाको काजक्रियाका लागी हिँडेका थिए तर टिकट होल्डिङ परे पछि उनी थप पीडामा परे । बरु चान्स टिकट हो भन्दिएको भए पाए जान्थ्यौ ! घर गइन्छ भन्ने विश्वासले परिवारमा आउदैछु भनिने पनि थिएन, कार्कीको गुनासो थियो । यता पाल्पाका पोसराज भट्टराई (निरज) पनि होल्डिङ टिकटकै मारमा परेर छटपटाई रहेका थिए ।यद्दपी १४ यात्रुहरु पीसीआर रिपोर्टका कारणले फर्किए पछि उनीहरुले दोहाबाट उडान भर्न पाए।

कान्तिपुर मेडिकल सेन्टरको स्थलगत सहयोग
कतारको सरकारी अस्पताले निःशुल्क कोरोना टेस्ट गरी रिपोर्ट दिने गरे पनि निजी क्षेत्रको लगानी रहेको कान्तिपुर मेडिकल सेन्टरले अन्य निजी अस्पतालहरू भन्दा १०० रियाल सस्तो अर्थात् ४०० रियालमा पीसीआर टेस्ट गरी रिपोर्ट विमानस्थलमै उपलब्ध गराउँदै आएको छ । कोरोना परीक्षणका लागी कतिपय कम्पनी तथा व्यक्तिहरूले निजी क्षेत्र नै रोज्ने गरेको र पीसीआर टेस्ट गरेर फर्किएकाहरूको रिपोर्ट लिनेदेखि एयरपोर्ट सम्म पु¥याउने कार्य कान्तिपुरले गरीदिदा‘ यातायात खर्च र समय समेत बचत हुने हुँदा अहिले कान्तिपुर पीसीआर परीक्षणको लागी विश्वासिलो बन्दै रोजाईमा पर्ने गरेको बिमानस्थलमा भेटिएका बजार व्यवस्थापक विशाल खतिवडाले बताए । यात्रुहरूलाई बिदाइ गर्न भट्टका अलावा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, गुल्मी सेवा समाजका अध्यक्ष झविन्द्र आचार्य लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button