ढोरपाटनका पीडितलाई दीपक मनाङ्गेको सहयोग

बागलुङ । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् ।

गुरुङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।भदौ १७ गते बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलाको बाढीले घरबारविहीन परिवारको पुनस्थापनामा सहयोग पु¥याउनको लागि सहयोग गरेको गुरुङले बताए ।

गुरुङले पठाएको सहयोग रकम प्रतिनिधि योगेश भण्डारीले नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन तथा प्रमुख प्रसाशकीय अधिकृत धनप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । गुरुङ मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button