अवरुद्ध डुम्रे-बेँसीशहर सडक सञ्चालन

लमजुङ । मङ्गलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध डुम्रे- बेँसीशहर सडकखण्ड आज बिहान करिब ४ः०० बजेदेखि सञ्चालनमा आएको छ ।

सो सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका-२ रानीकुवा नजिकै बोहोरा बेँसीमाथिबाट आएको पहिराले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो । स्थानीय नवीन धितालका अनुसार सो सडकभन्दा करिब २०० मिटर माथिबाट माटोको लेदोसहितको पहिराले करिब ३० मिटर सडक अवरुद्ध भएको थियो ।

सो पहिरो बेँसीशहर नगरपालिकाको आग्रहमा निर्माण व्यवसायी महेन्द्र बोहोराको डोजरले हटाएसँगै सडक सञ्चालनमा आएको धितालले बताउनुभयो । पहिराले सडक अवरुद्ध हुँदा विभिन्न ढुवानीका साधन, दूधका गाडीलगायतका सवारी साधन रोकिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button