विश्वमा रेस्लिङ मार्फत नेपाल चिनाउने रहर

पोखरा । भगवती खड्काको जन्म २०४५ साल भाद्र २५ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ मा भएको हो । उहाँ नेपालको पहिलो महिला रेस्लर हुनुहुन्छ ।

यहीबीचमा उहाँ राजनीतिमा होमिनुभयो । राजनीतिक दल दर्ता गर्ने प्रक्रिया कोरोना कहर अगाडिबाटनै सुरु गरेको उहाँ बताउनुहुन्छ । उहाँ निर्वाचन आयोगमा हालै दर्ता भएको नेकपा (एमाले) को उपाध्यक्ष हुनुहुन्छ । ‘पार्टी विषेश गरी सिद्धान्त, विधि, बिधानबाट अघि बढ्छ यसमा कुनै दुईमत नै छैन, हामी जबजको सिद्धान्त बाट अघि बढ्छौं’ उहाले भन्नुभयो ।

देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, अनियमितता, लुटपाट हत्या, हिंसा, आतंक, बलात्कार जस्ता अमानवीय क्रियाकलाप बढ्दै गइरहेकोले पार्टी स्थापना गर्नु परेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ ‘पछिल्लो समय देशको राजनीतिक अवस्था स्थिर किसिमको देखिएन । ने.क.पा.एमाले र ने.क.पा.माओबादी केन्द्रको एकता प्रक्रियापछि ने.क.पा.एमालेले अगाल्दै आइरहेको सिद्धान्त जनताको बहुदलीय जनवाद ओझेलमा पर्न थालेको अनुभूति भयो र नयाँ पाटी जन्मियो ।’

विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवाहरु मिलेर पाटी दर्ता गरेका छौ । जसले तत्कालीन ने.क.पा.एमाले महासचिव मदन भण्डारीको सिद्धान्त जबजलाई आत्मसात गर्दै समुन्नत नेपाल निर्माण गर्नको लागि आफ्नो सम्पुर्ण जीवन ब्यतित गर्ने उद्देश्यले यतातिर लागियो हामी यसलाई सफल बनाएर छाड्नेछौं । हाल कोरोनाको कारणले गर्दा संगठन निर्माण लगायत अन्य नीतिगत काममा केही ढिलाइ भएको छ । अवस्था सामान्य भएपछि यसलाई व्यापक बनाउने उहाँको भनाई थियो ।

अहिले विश्वलाइ नै आक्रान्त पारेको कोभिड १९ को असर प्रत्यक्ष रुपमा हामीले भोगिरहेको अबस्था छ । यहि समयमा विभिन्न किसिमका सामाजिक संजालमर्फत खेलाडी साथी तथा पार्टीका साथीहरुसँग जुम मिटिङ्ग गर्ने, सुचना आदानप्रदान र विभिन्न राजनीतिक किताबहरु अध्ययन गर्ने काम गर्दै समय विताएको उहाँले बताउनुभयो ।

कोरोना कहर अगाडि उहाँ महिला रेस्लिङलाई प्रोफेसनल रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुनुहुन्थ्यो । हुनपनि यो खेल एकदम जोखिमपूर्ण हुने हुँदा हत्तपत्त महिलाहरु खेल्न इच्छुक हुँदैनन् । महिलाहरुलाई रेस्लिङ अरु खेल जस्तै खेल हो भनेर कन्भिन्स गर्न उतिकै गाह्रो छ । उहाँ महिलाहरुलाई कन्भिन्स गराउदै तालिम दिने जस्ता काममा बढी ब्यस्त हुनुभयो । ‘लकडाउन हुनुभन्दा अगाडि २५, ३० जना साथीहरु हुनुहुन्थ्यो, उहाँहरुलाइ ट्रेनिङ्ग दिने काममा नै धेरै समय उहाँको वित्थ्यो’ उहाँले भन्नुभयो ।

यतिबेला मानव जीवनको अस्तित्व नै संकटमा परिरहेको समयमा जीवनरक्षा प्रमुख विषय हो । अहिले नेपालमा दैनिक ज्याला मजदुरी गरेर जीवननिर्वाह गर्ने मानिसहरुलाई कोरोना भन्दा पनि एक छाक खान नपाएर तड्पिनु पर्ने अबस्था छ । लकडाउनको कारण मानिसहरु कति मानसिक रोगको सिकार भईरहेको अबस्था छ । कोरोनाबाट बच्न अपनाउनु पर्ने अन्य सबै विधि अपनाएर जस्तोःसामाजिक दुरि, माक्स सेनिटाइजरको प्रयोग, व्यक्तिगत सरसफाइ, इम्युनिटी पावर बढाउने खानेकुरा जस्ता कुरामा ध्यान दिएर लकडाउनलाई अलि खुकुलो गर्न सकेमा अलि सहज हुने उहाँको बुझाई छ ।
उहाँले २०६९ सालको मंसिर महिनाबाट औपचारिक रुपमा रेस्लिङ खेल्न थाल्नुभयो ।

उहाँको लक्ष्य डब्लु डब्लु ईमा नेपालको प्रतिनिधित्व गर्ने रहेको छ । जोखिमपुर्ण काम गर्न रुचाउने भएकोले रेस्लिङतर्फ आर्कषित भएको उहाँ बताउनुहुन्छ । नेपाल ओमन रेस्लिङ फाउन्डेसनको अध्यक्ष समेत रहनुभएको उहाँ रेस्लिङ क्षेत्रमा नयाँ–नयाँ प्रतिभालाई ल्याउन क्रियाशिल बनिरहनुभएको छ । रेस्लिङमा युनिकाको नाममा परिचित उहाँ भारत्तोलनको खेलाडि समेत हुनुहुन्छ । उहाँले थुर्पै नेपाली चलचित्र तथा टेलि–चलचित्रमा समेत आफ्नो कला देखाइसक्नु भएको छ ।

म एउटा रेस्लिङ खेलाडी सँगसँगै पार्टीको जिम्मेवारीमा छु । समय मिलाएर दुबै कामलाइ सँगै अगाडि बढाउने बिचारमा छु । अहिले खेलबाट बिदा लिएर बस्न सक्ने अबस्था छैन । मैले खेलमा नै आफ्नो महत्पूर्ण समय खर्चेको छु । यस्मा मेरा आफ्नै सपना छन । यो सपना पूरा भएपछि खेलबाट बिदा भएर आफ्नो सम्पुर्ण जीवन पार्टीमा लगाएर देश र जनताको सेवा गर्ने विचार आफ्नो भएको उहाँ बताउनुहुन्छ ।

खेलाडी रास्ट्रका गहना हुन । बिभिन्न किसिमका जोखिम मोलेर यस क्षेत्रमा आएका हुन्छन् । उनीहरुको आयआर्जनको बाटो पनि खासै हुदैन । राज्यले केही सहयोग गर्न सकेको खण्डमा अलि सहज हुने थियो । अहिले खेलाडीहरु खेलेर मात्रै बाँच्न सक्ने अवस्था छैन । अझ विषेशगरी रेस्लिङ त्यो पनि महिला रेस्लिङमा सरकारको ध्याननै पुगेको छैन । राज्यले केही सहयोग गरेमा अझ थप हौसला मिल्ने थियो र यो खेलको माध्यमबाट रास्ट्र हुँदै अन्तराष्ट्रिय जगतमा नेपाललाइ चिनाउन सजिलो हुने उहाँको विश्वास छ ।

नेपालमा रेस्लिङ खेलको लामो इतिहास छैन । भर्खर–भर्खर सुरुवात भइरहेको छ । अब हामीले यसलाई स्थापित गर्न लागिपरेका छौ । आशा गरौ अरु खेल जस्तै एकदिन रेस्लिङ पनि स्थापित हुनेछ । यस खेलको माध्यमबाट नेपाललाई संसारभर चिनाउने इच्छा छ’ उहाँले भन्नुभयो । हाल जापानमा हुने गेमको तयारीमा समेत लागेकोे उहाँले खुलाउनुभयो ।
महिला रेस्लिङ फाउन्डेसनको मुख्य काम देशभरिका इच्छुक महिलाहरुलाइ रेस्लिङ खेल्नको लागि प्रोत्साहन गर्ने हो । यसलाइ देशब्यापि रुपमा फैलाउने हाम्रो प्रयास हुने छ । अहिले जम्मा ३०, ३५ जना साथीहरु खेल्नुहुन्छ । अहिले कोरोनाको कारणले खेलाडी आउने वातावरण नभएको उहाँको भनाई छ ।

‘काठमाडौको शान्तिनगरमा हामीले थोरैजग्गा भाडामा लिएर रेस्लिङ रिङ्ग बनाएका छौ ं। अहिले त लकडाउनले प्राक्टिस गर्न नि सहज छैन । पहिले हामी धेरैजना साथिहरु मिलेर सगै प्राक्टिस गथ्यौं । अहिले आँफै एक्लै भएनी बिहान साँझ प्राक्टिस गर्दैछु’ उहाँले बताउनुभयो ।

म एउटा साधारण परिवारमा जन्मेको मान्छे हो । अनेक आरोह अबरोह पार गर्दै आएँ । रेस्लिङको माध्यमबाट देशमा त भइनै हाल्यो अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाललाइ चिनाउने मन छ । नेपालसँगै अन्य विभिन्न देशमा खेलि सकेको छु । अझै धेरै मिहिनेत गर्न बाँकी छ र अमेरिकाको डब्लु.डब्लु.इ .खेल्ने मेरो सपना हो त्यसपछी राजनीतिमा सम्पुर्ण समय खर्चेर रास्ट्र सेवा गर्ने मेरो दृढ चाहना हो ।

‘ब्यक्तिगत रुपमा त रेस्लिङ क्षेत्रमा म खुशी नै छु । म आफ्नो इच्छाले यो क्षेत्रमा आएको हो । आफ्नो मनैदेखिको इच्छा अनुसारको काम गर्न पाँउदा मान्छे दुःखलाई पनि सहज रुपमा समाधान तिर लाग्छ मैले सहज रुपमै लिन्छु । तर पेसागत रुपमा लाग्न चाहनेको लागि अलि गाह्रो नै छ’ उहाँले भन्नुभयो ।बाल्यकाल गाउँमानै बिताउनु भएको भगवतीको सुरुमा गायिका बन्ने सपना थियो । २०६५ सालमा एल्बम ‘युनिक’ मार्फत नेपाली सांगीतिक फाँटमा आउनुभयो । उहाँले सांगीतिक क्षेत्रलाई साथसाथै लैजान खोज्नु भएको छ । अहिले नयाँ गीतको तयारीमा समेत रहेको उहाँले खुलाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button