ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता

पोखरा न्यूज । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दौरान ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा भएको अनियमितता भएपछि राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको छ ।

खेलमा भएको अनियमितताको चौतर्फी आलोचना पछि राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा छानविन उपसमिति गठन भएको थियो । उपसमितिलाई तोकिएको २१ दिनको समय सीमा सकिएपछि पुनः छानविन उपसमितिको म्यान १५ थप गरिएको छ ।
के के भयो त यो अवधिमा ?
सागमा ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता भएको विषयमा चौतर्फी आलोचना भएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ३० गते राखेपलाई पत्रमार्फत भ्रष्टाचार छानबिन गर्न निर्देशन दिएका थिए । त्यस अनुरुप राखेप बोर्ड सदस्य समेत रहेका गोबिन्द भट्टराईको नेतृत्वमा उपसमितिले अध्ययनलाई तीव्रता दिएको थियो । २१ दिन भित्र प्रतिवेदन बुझाउनु भने पनि राजधानीमा जारी निषेधाज्ञाका कारण अझै पूरा भएको छैन ।

उपसमिति संयोजक भट्टराईले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुगेको र थप गरिएको म्यादमा पुरा हुने बताए । समितका संयोज भट्टराईले सम्बध पदाधिकारीसँग बयान र कागज पत्र संकलनको काम पूरा भइसकेको उहाँले बताउनुभयो ।

२१ दिने समय सीमामा भट्टराई नेतृत्वको ५ सदस्यीय उपसमितिले प्रारम्भिक चरणको गृहकार्य सम्पन्न गरेको छ । समय थप भएपछि बयान लिने काम भएको छ । सम्बन्धित क्षेत्रबाट कागजपत्र लिने काम भइरहेको उहाँले बताउनुभयो । केही व्यक्तिहरुसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्न सकिने अवस्था नभएको र बयान लिनुपर्ने व्यक्तिहरु केही उपत्यका बाहिर भएकाले समय लागेको उहाँको भनाई छ । सहज वातावरण बनेपछि ताकिएको समयमा प्रतिवेदनमा बुझाउने उहाँले बताउनुभयो ।

यसका अलावा उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुप कटानको बारेमा पनि छानविन गरिरहेको छ । यो विषयमा पनि छानविन टोलीलाई जिम्मा दिइएको थियो । सफलता पूर्वक सम्पन्न भएको १३ औं साग प्रतियोगितामा देखिएका यस्ता घटनाक्रमले धेरै प्रश्न उब्जाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button