पोखरामा ९ वर्षका बालकसहित १९ जनामा कोरोना पुष्टि, गण्डकीमा ४९ संक्रमित थपिए

पोखरा न्यूज । पोखरामा बिहीबार बिहान थप १९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान कास्कीको पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा पश्चिमान्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफनर्स पोखरा -१५ की २३ बर्षीय महिला, सोहि अस्पतालमा उपचाररत पोखरा -३२ का ५० बर्षीय पुरुष , पोखरा महानगरपालिका-१९ का २२ बर्षीय प्रहरी, पोखरा ५  की १७  वर्षीया महिला र ४५ वर्षीय पुरुष तथा पोखरा  ८ का ९ वर्षका बालकसहित ६  पुरुष र ८ वर्षकी बालिकासहित ७ महिला रहेका  छन् ।

त्यसैगरी बागलुङका ३ पालिकाका ३ महिला र ६  पुरुष, स्याङजा पुतलिबजारका ५  महिला तथा ७ पुरुष, तनहुँ भिमादका  ३ पुरुष, नेपाल प्रहरीमा कार्यरत  पर्वतका २८ वर्षीय पुरुष  तथा नवलपुरका  २ पालिकाका २ र ४ वर्षका बालक तथा ३ महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत रहेको र अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।

 

 

 

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button