पोखरामा कोरोना संक्रमितको प्लाजमा थेरापीबाट उपचार शुरु गरिने

पोखरा न्यूज । पोखरामा पनि कोरोना संक्रमितको प्लाजमा थेरापीबाट उपचार शुरु गरिने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबार एक सूचना जारी गर्दै कोरोना सङक्रमितहरुको  प्लाजमा थेरापी विधीवाट उपचार शुरु गर्ने जनाएको हो ।

प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले विश्वव्यापी परीक्षणको रुपमा रहेको प्लाजमा थेरापी प्रविधीको प्रतिष्ठानमा  शुरुवात हुन् गइरहेको बताउँदै कोरोनावाट निसङक्रमित भएकाहरुलाई रक्दान गर्न अनुरोध गर्नु भएको छ ।

कोभिड १९ वाट निसङक्रमित भएकाहरुले आफ्नो रिर्पोट नेगेटिभ आएको २ हप्तामा रक्तदान  गर्न सक्ने बताउँदै उहाँले  सो  कार्यमा  सहयोग गर्न निसङक्रमितहरुलाई आग्रह गर्नुभएको  छ ।

उहाँले रक्तदानले  गम्भिर अवस्थाका विरामीहरुलाई बचाउन सहयोग पुग्ने भन्दै रक्तदान गर्न इच्छुकहरुले प्रतिष्ठान भित्रको  रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गर्न सक्ने बताउनुभयो  ।

गम्भीर प्रकृतिका कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने गरिन्छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button