पोखरामा अस्पतालका स्वास्थ्यकर्मी र बिरामीसहित थप १० जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरामा शुक्रबार बिहान थप १०  जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान दोस्रो चरणमा  कास्कीको पोखरा महानगरका ५ वटा वडाका  १० जनासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार कास्कीको  पोखराको मेट्रोसिटी अस्पतालमा आएकी ३२ वर्षीया महिला, पोखरा ७ का २५ र ३४ वर्षका २ पुरुष, पोखरा १७ का ३६ वर्षीय पुरुष, पोखरा २६ का ३६ र ५० वर्षीया २ महिला , २७ का २१ र २२ वर्षका २ पुरुष तथा पोखरा ३० का ४९ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

त्यसैगरी पर्वत कुश्मामा २३ र ६८ वर्षका २ पुरुष तथा लमजुङ बेसीसहर स्थित सामुदायिक अस्पतालमा कार्यरत २३ वर्षीया  स्वास्थ्यकर्मी महिला, बेसिसहरका २ वर्षीया बालिका र २९ वर्षीया महिला तथा २३ र ५१ वर्षका पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ६४ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button