५ प्रहरीसहित तनहुँ र नवलपुरका थप ३१ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । गण्डकी प्रदेशमा शुक्रबार  बिहान थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार  बिहान तनहुँका ५ शशस्त्र प्रहरी  सहित १० जना र नवलपुरका २१ जना गरी प्रदेशमा थप ३१  जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार  तनहुँको भानुमा कार्यरत ३१-३१ वर्षका २ जना र ३२ वर्षका ३ जना शशस्त्र प्रहरी, भानु १ का ४५ वर्षीय पुरुष र २७ वर्षीया महिला, भानु ६ का   ४२ र ५१  बर्षीय पुरुष तथा ६२ वर्षीया महिला  र  नवलपुर कावासोतीका २४, २५ र ४८ वर्षका पुरुष तथा  बिनयत्रिबेणीका १३ देखि ४० वर्ष उमेर समुहका ७ महिला र १८ देखि ७४ वर्ष उमेर समुहका ११  पुरुषमा  कोरोना पुष्टि भएको हो  ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ९५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button