नवलपरासीका सङ्क्रमित पुरुषको मृत्यु

रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत पश्चिम नवलपरासीका एक कोरोना सङ्क्रमितको शुक्रबार मृत्यु भएको छ ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । भदौ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button