गण्डकी प्रदेशमा थपिए १५ नयाँ कोरोना सङक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप १५ नयाँ कोरोना सङक्रमित थपिएका छन ।

गण्डकी प्रदेशका ४ जिल्लामा १५ जना नयाँ सङक्रमित फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । फेला परेका सङक्रमित मध्ये गोरखा जिल्ला प्रशासन कार्यालयमा कार्यरत २ जना सुरक्षाकर्मिहरु रहेका छन । पोखरा स्थित क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशको कास्की, नवलपुर, तनहुँ र गोरखामा नयाँ सङक्रमित फेला परेका हुन ।

निर्देशनालयको जारी गरेको विवरण अनुसार कास्की रुपा गाउँपालिकाका वडा नं २ का ४५ वर्षिय पुरुष, नवलपुर जिल्ला कावासोती नगरपालिकाका वडा नं २ का २ पुरुष, वडा नं ३ की १ महिला, वडा नं १६ का २ महिला, वडा नं १ मा एक महिला र १ पुरुष रहेका छन । त्यसै गरि तनहुँ भानु ५ का १७ वर्षिय पुरुष, गोरखा नगरपालिका वडा नं ६ का एक पुरुष, गोरखा वारपाक सुलिकोटका वडा नं ३ र ४ का क्रमश १ महिला र १ पुरुष रहेको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले बताउनुभयो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८२० पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button