नवोदितको बाह्रौँ अधिवेशन, अध्यक्षमा चक्र कार्की

तिलु शर्मा पौडेल / दोहा कतार । “भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान” भन्ने मूल नारा सहित २०६५ सालमा दोहा कतारमा स्थापित नवोदित साहित्यिक वाचनालय कतारको बार्हौ अधिवेशन समापन्न भएको छ ।

अल दोशरी जु मा संस्थाका अध्यक्ष दिलीप पराजुलीको सभापतित्व तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष सीताराम थापाको प्रमुख आतिथ्यमा समापन्न भएको हो ।

मुग्लानी सौगात, सन्ध्या ग्रुप अलखोरका कार्यवाहक अध्यक्ष सन्तोष केसीले विशेष आतिथ्यतामा थिए । १०४ औँ रचना वाचन डबली तथा नेपाली साहित्याकाशको गजल विधाका गजल पिता मोतीराम भट्टको १५५ औ जन्म जयन्ती मनाइएको थियो ।कार्यक्रममा चक्र कार्कीले स्वागत मन्तव्य राखेका थिए भने रूप रसाईलिले मोतीराम भट्टको जीवनी जानकारी गराएका थिए ।

कार्यक्रममा टिका खड्का, दीप प्रदीप कुमार, यादव रेग्मी, माया केसी, सुरेश परियार, सानु थपलिया तथा तीर्थ सङ्गम राईले आफ्ना रचना वाचन गरेका थिए भने निवर्तमान अध्यक्ष दीप मीलन सम्मानित भएका थिए ।

कार्यक्रममा बोल्दै केसीले संस्थागत सहकार्य अटुट रहने विश्वास व्यक्त गरे भने प्रमुख अतिथि थापाले कोरोनाका कारण सुस्ताएको साहित्य जगत पुन जुरमुराउन लागेको र भर्चुअल सुविधाको प्रयोगबाट पनि साहित्य कर्मलाई निरन्तर दिन नहिच्काउन अनुरोध गरेका थिए । पहिलो चरणको कार्यक्रमको समापन गर्दै १४ महिने कार्यकाल सफल बनाउन अहंम भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै आफू साहित्य जगतमा नै रहने प्रतिबद्धता व्यक्त गरेको थिए ।

बन्दसत्रवाट अध्यक्षमा चक्र कार्की, प्रथम उपाध्यक्ष टिका खडका, द्धितीय उपाध्यक्ष रूप रसाइली, मोबाइल पुस्तकालय संयोजक दीप प्रदीप कुमार, महासचिव महेन्द्र खड्का, सचिव नारायण भण्डारी, कोषाध्यक्षमा पुन शेखर बस्नेत, सह(कोषाध्यक्ष बिन्दा लामा ट, सदस्यहरूमा सुरेश परियार, सुरेसमान रुम्वा, सानु थपलिया, राम अधीन र कमेन्द्र शाही निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक तीर्थ सङ्गम राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button