पोखरामा फिस्टेलको गम्भीर लापरवाही : दाहसंस्कारमा सहभागी सयौं व्यक्ति कोरोनाको जोखिममा

पोखरा न्यूज । पोखरामा व्लड क्यान्सरवाट पीडित रहेकी एक महिलालाई बुधबार पोखराको फिस्टेल हस्पिटलमा उपचारका लागि भर्ना गरियो । बुधबार अस्पतालको सधन उपचार कक्षमा भर्ना गरिएकी पोखरा ५ मालेपाटनकी ४५ वर्षिया महिलाको अस्पतालले बिहीबार दिउसो मात्र कोरोना परीक्षणका लागि स्वाव संकलन गर्यो । महिलाको अस्पतालको सधन उपचार कक्षमा उपचार कै क्रममा शुक्रवार राती १ वजेर १५ मिनेटमा भेन्टिलेटरमा नै रहेको अवस्थामा निधन भयो । तर अस्पतालले महिलाको व्लड क्यान्सरकै कारण मृत्यु भएको भन्दै स्वाबको नतिजा नआउदै शव आफन्तलाई जिम्मा लगायो ।

मृतक महिलाका एक आफन्तले शव अस्पतालबाट निकाल्नु भन्दा अघि परिवारले अस्पताललाई स्वाव परीक्षणको रिर्पोटवारे सोधेको भए पनि अस्पतालले उनको निधन कोरोनाका कारण भन्दा पनि रोगका कारण भएको बताउँदै अस्पतालबाट अन्त्येष्टिका लागि लैजान भनेको बताए “यो अस्पतालको गम्भिर लापरवाही हो”, उहाँले भन्नुभयो –“ हामीले अस्पताललाई प्रष्ट सोधेका थियौं र स्वाव परीक्षणको रिर्पोट समेत मागेका समेत थियौं तर अस्पतालले शव लैजान कर गर्यो ।” “हामी ‘ले म्यान’ लाई कसरी थाहा हुन्छ, हामी त अस्पतालले जे भन्यो त्यसैमा भर प¥र्यौं ” उहाँले थप्नुभयो ।

पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले अस्पतालले कोरोना परीक्षण गराइसकेपछी नतिजा नआउदै शव बुझाउनु गलत भएको बताउनुभयो । अस्पतालले रोग कै कारण मृत्यु भएको हो भन्ने निष्कर्ष निकाल्नु थियो भने कोरना परीक्षण किन गरायो ? उहाँले प्रश्न गर्नुभयो “नत्र स्वाबको नतिजा कुर्नुपर्ने थियो ।“ अस्पताल कै लापरबाहीका कारण मृतक महिलाको अन्त्येष्टिमा पुगेका २ सय जना तथा उनीहरुको सम्पर्कमा आएकाहरुमा कोरोना संक्रमणको  जोखिम बढ्न सक्ने उहाँले बताउनुभयो  ।

अस्पतालले भने बिरामीमा कोरोनाका लक्षण नदेखिएको र अन्य रोग रहेका कारण शव बुझाएको जनाएको छ । कोरोनाबाट मृत्यु भएको व्यक्तिको अन्तिम कर्म अन्य रोगबाट मृत्य भएकाको जस्तो हुँदैन तर  अस्पताल कै लापरबाहीका कारण कोरोना संक्रमितको अन्तिम कर्म अर्थात् दाहसंस्कार साधारण तवरबाट सम्पन्न भएको छ । कोरोना संक्रमित मृतकको  दाहसंस्कार सरकारले बनाएको कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धि कार्यविधि  अन्तर्गत रहेर गर्नुपर्ने हुन्छ । कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) तथा अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने हुन्छ ।

कार्यविधिमा शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्ने शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउदाँ सर्तकता अपनाउनुपर्ने, अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने तथा मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउने तर केटाकेटी बृद्ध  र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने उल्लेख गरिएको छ ।

सम्बन्धित खबर : पोखरामा दाहसंस्कार भइसकेकी महिलामा कोरोना पुष्टि

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button