पोखरामा थपिए ३४ कोरोना संक्रमित, गण्डकीमा थप ८३ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरामा शनिबार थप ३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार  बिहान र दिउसो गरी  कास्कीको पोखरा महानगरका ११ वटा वडाका  १७ महिला र १७ पुरुषसहित गण्डकी प्रदेशमा थप ८३  जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

निर्देशनालयले पोखरा महानगरको वडा १ का १८ र ३७ वर्षीया महिला, ३ की ३० वर्षीया महिला , ५  की ४५ वर्षीया महिला, ७ का २७ र २८ वर्षका पुरुष, १० का २६, ३७, ३८ र ५८ वर्षीया महिला,  १२ का १५ र ३५ वर्षीय पुरुष तथा १०, २७, ३३, ३४, ४६, ४६, र ५१ वर्षीया महिला , १३ का २९ वर्षीय पुरुष, १६ का १६, १८, १८, २१ र ३४ वर्षका पुरुष, १८ का १७ वर्षीय पुरुष, २७ का १५, १६ र एक उमेर नखुलेका पुरुष तथा १४ र ३७ वर्षीया महिला,  २८ का ४८ वर्षीय पुरुष र ३७ वर्षीया महिला, एवम् वडा नखुलेका एक २५ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको हो  ।

त्यसैगरी गोरखा आरुघाट की ३१ वर्षीया महिला, लमजुङ की ३७ वर्षीया महिला , स्याङजा वालिङका १ , ६, ८, र ९ वडाका २९,३०, ३०, ४० र ६५  वर्षीय पुरुष तथा ६५  वर्षीया महिला, नवलपुरका ३१ पुरुष तथा ६ वर्षीया बालिकासहित १२ महिलामा शनिबार कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ  ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ०३ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button