चुनौती स्विकार्दै भर्चुअलमा पल्सर स्पोर्टस अवार्ड हुने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएको ‘पल्सर स्पोर्टस अवार्ड २०७६’ भर्चुअल मार्फत हुने जनाएको छ ।

मञ्चको २५ औं स्थापना दिवशका अवसरमा जारी विज्ञप्तीमा सवैलाई शुभकामना व्यक्त गर्दै उक्त कुरा उल्लेख गरिएको हो । कोभिड १९ को महामारीका विच पनि मञ्चले इतिहासमा नै पहिलो पटक भर्चुअल माध्यम मार्फत अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द’द्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

अवार्डका लागि मुख्य प्रायोजक संस्था लगाएत अन्य प्रायोजक संस्थाहरुले स्विकृती दिएको बताउँदै विज्ञप्तीमा भनिएको छ–“फेरिएको परिस्थितिका कारण यो वर्षको अवार्ड भने “भर्चुअल” हुनेछ ।” विज्ञप्तीमा अघि भनिएको छ–“यसले आयोजनामा चुनौती थपिनुका साथै खर्च समेत वढ्न जानेछ, यद्यपी अवार्डको निरन्तरताका लागि हामीले यो चुनौती स्विकार्नै पर्छ ।”

अहिलेको विषम परिस्थितीबाट चाँडैनै माथी उठ्न सक्ने विश्वास व्यक्त गर्दै अध्यक्ष सुवेदीले भन्नुभएको छ–“सम्पूर्ण विश्व अहिले कोभिड १९ को महामारी विरुद्ध सघर्ष गरिरहेको विषम परिस्थितिमा म सम्पूर्ण सदस्य साथीहरुमा ’स्वस्थ र सुरक्षित रहन’ आग्रह गर्न चाहन्छु । पेशाको प्रकृती अनुसार हामी फिल्डमा खटिनुपर्ने हुनाले स्वास्थ्य प्रति सजग रहनु अझ महत्वपूर्ण छ ।”

कोभिडका कारण मञ्चले यस वर्ष धेरै कार्यक्रमहरु स्थगित गर्नु परेको बताउँदै अध्यक्ष सुवेदीले कोरोना भाइरस संक्रमणको चपेटामा खेल पत्रकार साथीहरु पनि नराम्रो संग प्रभावित भएको र कतिपयले जागिर गुमाइसकेका तथा निकै थोरै तलबमा काम गर्नु परिरहेको अवस्था रहेको जनाउनुभएको छ । हालको परिस्थितिमा सवैलाई एक आपसमा सक्दो सहयोगको आदान प्रदान गर्दै हातेमालो गरेर अगाडि वढ्न पनि उहाँले आह्वान समेत गर्नुभएको छ । “मञ्चका सदस्य साथीहरुको एकता, मञ्च प्रतिको आस्था र सहकार्यले हामी यो विषम परिस्थितिबाट पक्कै माथी उठ्नेछौं र मञ्चको गरिमालाई अझ उँचो बनाइराख्नेछौं भन्ने मलाई विश्वास छ,” विज्ञप्तीमा भनिएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button