फेसवुके भात जात्राका नाईकेहरु

आफुलाई वैकल्पीक राजनीतिको आधार र सुत्राधार मान्ने पूर्व संचारकर्मी रवीन्द्र मिश्रका लगभग ८ लाख २५ हजार फलोअर्स मध्येको म विगत ९ वर्ष देखिको फलोअर्स हुँ । उनका प्राय पोष्टहरु मैले फेसवुकको माध्यमवाट हेर्ने गर्छु तर नियमित होईन, प्रशंग विशेषमा मात्रै । अधिल्लो हप्ताको उत्तरार्ध देखि उनको सामाजिक संजालका गतिविधिहरु हेर्दा लाग्छ उनी साच्चिकै कसका लागि यो सबै गरिरहेका छन् ? मनैबाट गर्नेहरुको मनोदशा त यस्तो हुदैन जे सामाजिक संजालमा देखिएको छ ।

धेरै पोष्ट मध्येमा एउटा छ–“म तिमीलाई जेलमा राख्छु तर जेलमा खाना खान दिन्न” भन्न मिल्दैन । बिपन्न श्रमिकहरूका लागि लकडाउन भनेको जेल समान हो । कि सरकारले “हामी खाना खुवाउन नसक्ने अवस्थामा पुग्यौं, जनताको सहयोग चाहियो भनेर सार्वजनिक अपील गर्नुपर्यो, होइन भने नागरिकलाई यस्तो विचल्लीमा पार्नु र मार्नु अपराध हो। ” उनको यो पोष्टमा मैले यो लेखिरहदासम्म ६हजार ६सय भन्दा बढी लाईक र तीन सय ५० भन्दा वढी कमेण्ट र दुुई सय ४० भन्दा वढी सेयर छन् । कमेण्टमा धेरैले उनलाई गाली गरेका छन् । मैले पनि उनीहरुकै झै गाली गर्न मन लागेको थियो तर कमेण्ट नगरी विचार लेखे ।

धेरै कमेण्ट मध्येको एउटा सुमन अधिकारी नामको फेसवुकबाट लेखिएको छ–“फरक यही छ तपाँई लेख्नुहुन्छ । केही लेख्न समेत भ्याउदैनन् कसरी भोक मेटाउने जोहोमा जुुझिरहेका छन् । छर्लङ्ग हुनुपर्ने हो, लेख्दा लेख्दै साझा डुब्ला ।” डुव्नलाई त उत्रन पर्ने होलानी हैन र ?जसको राजनीति यात्राका कुनै भूमिका छैन स्थान छैन उनीहरु न त डुव्न सक्छन् न त उत्रन नै । मात्र बन्द कोठा भित्रबाट सामाजिक संजालमा गरिने राजनीतिको सेवा जनतासँग पुगेको इतिहास अहिलेसम्म छैन ।

अहिले नेपालका सफल प्रशासक अर्थविद् युवराज खतिवडा सक्षम हुँदाहुँदै पनि असक्षमको विल्ला भिर्नुको कारण पनि यहिी हो । राजनीति भनेको जनताको मनोदशा र आवश्यकता बुझेर गरिने कुरा हो, न कि लहडका भरमा बन्द कोठा भित्रबाट । अधिल्लो चुनावी समयको अपवादलाई नगन्ने हो भने अहिलेको खाना वितरण वाहेक कुन कामका लागि तपाइँहरु जनताको बीचमा जानुभएको छ भनिदिनुस् त ?साच्चै भनौ रवीन्द्र जि तपाइँको पार्टीले भन्दा त तपाइँ वसेको टोलको युवा क्लबले गरेको काम धेरै प्रसंशनीय छ , अनि मेरो टोलमा रहेको जागृत महिला समुहले गरेको काम धेरै गुणा वढी र राम्रा छन् । नपत्याय उनीहरुको फेसवुक पेज खोलेर हेर्नुहोस् ।
२०७४ सालको चुनाव पछि पहिलो पटक गरेको यो खाना वितरणको लागि आफुँलाई वैकल्पीक राजनीतिज्ञ भन्ने तपाइँले फेसवुकबाट हामीले बाडेको भात खान फलानो स्थानमा आउनुहोला भन्न मिल्छ र ? अनि निषेधाज्ञा तोडेर तपाइँहरुले देखाएको भात जात्रामा आउने कति होलान् ?तपाइँको फेसवुक पेज हेर्ने हैषियत छ होला त सडक वासका नागरिकहरुसँग ? खै यत्ति सानो कुरा पनि थाहा नपाउने सस्तो लोकप्रियतामा रमाउने तपाइँ भन्दा दरिदै अर्को लागेन रवीन्द्र जी मलाई ।

अर्को कुरा यदी तातो भात बाडेको फोटो र भिडियो नखिच्ने विधि बनाउने हो भने तपाइँको अभियानमा कति जनाले साथ देलान् केही अनुमान गर्नु भएको छ । हामी यति धेरै निच र विवेकहिन बनेका छौ कि अरुको आँसु र दुख वेचेर आफू मनकावा अन्य यस्तै यस्तै केही धेरै कुराहरुको धनीवन्ने लालस राखेका छौं र त आक्कलझुक्कल यस्ता कामगर्ने गरेका छौं र त्यो भन्दा वढी सामाजिक संजालमा रमाउने गरेका छौं ।

अन्य थान लिनु होला मिश्र जी आउँदो चुनावमा आफ्नो पक्षमा पर्ने  मतको संख्या चार डिजिटमा टेक्ने चाहना राख्नुभएको छ भने सार्वजनिक रुपमा भाईरल हुने नाममा भात वाड्ने काम वन्द गर्नुहोस् । सक्नुहुन्छ भने ती अवोध नागरिक भएको स्थानमै लगेर दिनुहोस् त्यो पनि एक हातले दिएकाअर्को हातले पनि थाहा नपाउँने गरी । दान र सेवा त ढोल पीटेर गरिने काम हो र मिश्र जी? यति भनी रहदाखाननपाएकाअवोध नेपालीको लागितपाइँहरुले संचालन गरेको तातो भात अभियानको विरोध गरेको पटक्कै होईन, विरोध हो प्रवृद्धिको अनि वाडिएको भातसँग जोडिएको भित्री स्वार्थको ।

तपाइँभन्दा धेरै भात वाड्ने संस्थाहरु नेपालका प्रत्येक टोल टोलमा छन् । पोखरामै पनि लेकसाईडको धराने सेकुवा सेन्टरले अघिल्लो लकडाउन भरि, एक महिनाजती सडक र झुपडीमा रहेका खान नपाउनेहरुलाई दैनिक रुपमा उनीहरुकै स्थानमा लगेर खाना वितरण ग¥यो तर कहिल्यै तपाइँहरुको झै सूचना नै निकालेर सार्वजनिक गरेन । आन्तरिक रुपमा स्थानिय निकाय, टोल विकास संस्था, युवाक्लब सामाजिक अगुवाहरुको सुझाव र अनुरोधमा अधिकतम दैनिक तीन सय सम्मलाई नियमित खाना खुवाए । सामान्य एउटा व्यवसायिक रेष्टुरेण्टले गर्ने जत्तीको विवेक पनिनहुने पनि वैकल्पीक धारको राजनीतिक पार्टी हुदो रहेछ ।

नैतिक रुपमा संसारमा जे जे हुन वाँकी छन् ती सब नेपालमै हुन्छ । जनमतवाट वहिस्कारमा परेकाहरु जनप्रतिनिधि, अनी जे मा पनि लाभ र पर्चाकारिता देख्ने तपाइँहरुले कल्याणकारी लोकतन्त्रको दर्शन वोक्नु भनेको हुटिट्याउले आकास थाम्नु जस्तै हो । तपाइँले पत्रकारिता गरिरहदा चलाएको “दिन पुगोस् खान पुगोस्” अभियानको एनजिओ जस्तै वन्यो साझा ।

कुनैपनि काम रहरले मात्रै पार लाग्दैन के गर्नु मलाई पनि त रहर थियो नि तपाइँकै झै विविसीमा वोल्ने तर मेरो पहुँच र क्षमताले भ्याएन अनि रहर छ मेसी र रोनाल्डोले जस्तै ड्याङ्की ड्याङ् गोल गर्ने तर के गर्नु । कम्तीमा रहर गर्दा सम्वधित कुरामा सामान्य ज्ञान हुन जरुरी हुन्छ, तर तपाइँ काशीजानकुतीको बाटो हिड्नु भयो ।

आफूलाई वैकल्पीक र कल्याणकारी लोकतान्त्रिक राजनीतिको अभियान्ता÷अनुुयायी÷सूत्राधार मानिरहदा संकटका वेला सामान्य नागरिकले निर्वाह गरेको भूमिका पनि निर्वाह गर्नु पर्दैन र ? तपाँईकै टोलका सचेत नागरिकहरुले सरकारी आदेशको पालना गर्दै समाजका लागि आवश्यक अभियान संचालन गरेको समेत देख्नुभएन है ? अनी तपाइँलाई आफू पनि सोही टोलको सचेत नागरिकमा पर्छु भन्ने एक अंश पनि भान भएन है ?

हावावाट पनि कोरना छिर्ला र मरिएलाकी भनेर बन्द कोठामा एसी लगाएरै पाँच महिना विताउनु भयो त ? खै यो पाँच महिनाको बीचमा जनताको माझमा तपाइँको कल्याणकारी सोच ?तपाँईकै सामाजिक संजाल फलो गर्नेहरुले महामारीका वेलातपाईकै सैलीअपनाउदै डिजिटल राजनीति गरे भने अवको पुस्ता र देश कस्तो वन्ला अनी कँहापुग्ला रवीन्द्र जी?माफ गर्नुहोला गलत वोले भने जिव्रो थुतिदिनुहोला मेरो केही गुनासो हुने छैन तर तपाइँले त यो कोरना करहको बीचमा तपाइँको घरमा दैनिक रुपमा फुवारी सिंगारिदिने मालीदाई र घरमापोछा लगाउदै भाँडा माझिदिने दिदीलाई पनि कामवाट निकालिदिनु भयो जस्तो लागेको छ, हो र ?

तपाइँ विविसी नेपाली सेवामा रहदाको पनि म फ्यान नै हो । तपाइँको प्रश्न गर्ने शैलीको खुलेरै तारिफ गर्छू तर तपाइँले आफू भित्रको क्षमता विर्सेर विनाखोज्दै भौतारिएको कस्तुरी जस्तै वन्नु भयो । केही वितेको छैन रवीन्द्र जी अझै सम्मर्क गनुहोस् पत्रकारितामै । तपाँई यसैको लागिवनेको हो । सामाजिक संजालमा भएका तपाइँका प्रत्येक पोष्ट पत्रकारिता गर्ने व्यक्तिको शैशीका छन् । त्यसैले कृपया रवीन्द्र जी एक पटक तपाइँको घरमा पक्कै पनि शिर देखि पाउँसम्म देखिने ऐना होला । आफुूलाई एक पटक पूर्ण रुपमा निहालेर हेर्नुहोस् र बाँकी र रोकिएको जीवनको पहिलो पाईला चाल्नुहोस् । आउनुहोस् सँगै पत्रकारिता गरौं ।

विष्णु गौतम
विजि पोखरा
९८५६०३८२३८

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button