करेन्ट लागेर २ सैनिकको मृत्यु

चितवन । सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको हो । श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । घटना बिहान १०ः५५ बजे भएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button